
हरि आचार्य कपिलवस्तु, कात्तिक २९
कपिलवस्तुको वाणगंगा नगरपालिकामा सिद्धिपुर युथ सोसाईटि स्थापना गरिएको छ । वाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुरका युवाहरुको सक्रियतामा स्थापना गरिएको युथ सोसाईटिको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
अविेशनबाट अध्यक्षमा सुवास पाण्डे, उपाध्यक्षमा मदन मल्ल, सचिवमा कुल प्रसाद बराल, सह–सचिवमा दिपक क्षेत्री, कोषाध्यक्षमा शान्ती क्षेत्री चयन भएका छन् भने अन्य सदस्यहरु रहेका छन् ।
त्यस्तै ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको बरिष्ठ सल्लाहकारमा सीता न्यौपाने र पप्पु सेन तथा सल्लाहकारमा गणेश खाँण, मेघनाथ पौडेल र देवमाया घिमिरे रहेका छन् ।
नवगठित मुल कार्य समितिका अध्यक्ष पाण्डेले सामाजिक रुपान्तरका लागि युवा परिचालन भन्ने मुल नाराका साथ अगाडि बढ्दै सामाजिक विकृतिलाई अन्त्य गर्ने उद्देश्यले सोसाईटिको स्थापना गरिएको बताए । अध्यक्ष पाण्डेले वाणगंगा नगरपालिका अन्तर्गत सिद्धिपुरका चार नम्बर र बुद्ध रंगशालालाई आधुनिक र ब्यवस्थित गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

