लुदस,१ मंसिर
कपिलवस्तुको बाणगंगा ५ कोपवामा गएराती भएको मोटरसाईकल दुर्घटनामा परि १ महिलाको ज्यान गएको छ । बैदौलीबाट कोपवातर्फ जाँदै गरेको लु ४१ प ४०२० नम्बरको मोटरसाईकल सड्क किनारमा राखेको ढुंगामा ठोकिएर दुर्घटना भएको बताईएको छ । प्रहरीका अनुसार ज्यान जानेमा कपिलवस्तु नगरपालिका वडा नं. ११ मैरीका ४० वर्षकी रामपली थारू रहेको बताएको छ ।
चालक उनका श्रीमान ४१ वर्षका अनिरूद्व थारू सामान्य घाईते भएका छन् । स्थानीय ले घट्ना रहस्यमय भएको बताएका छन् । अनिरूद्व ले मृत्यु भएको श्रीमती सड्कमै वेवारिसे छाडेर मोटरसाईकल लिएर घर गएको र पछि आफ्नो भिनाजुलाई बोलाएर अटोमा राखेर घरतर्फ लान थालेको र कसैलाई थाहै नदिई गुपचुप पार्न खोजेको भन्दै रहस्यमय भएको बताएका छन् ।