हरि आचार्य कपिलवस्तु, चैत १९
विश्वव्यपि रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड १९) विरुद्ध लड्नका लागि कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा क्वारेन्टाईन निर्माण गरिएको छ । कपिलवूस्तुका जिल्लाका १० स्थानिय तहमा निर्माण गरिएका ८ सय २२ क्वारेन्टाईन बेडमा ५ सय २० जना छन् । जिल्लामा बुधवार सांझ सम्म कोरोना संक्रमित भेटिएका छैनन् । त्यस्तै आईसुलेन बेड ८ वटा रहेका छन । अझै सम्म कसैलाई आईसुलेशनमा समेत राखिएको छैन ।
क्वारेन्टाईनमा बसेका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्ककाहरु रहेका छन् ।भारतका बिभिन्न शहरमा रोजगारीका लागि गएकाहरु कोरानाको कहरले अझै दैनिक सयौ त्यस्ता ब्यक्तिहरु चोर नाका हुदै फर्किने गरेका सीमा नाकामा बस्ने स्थानीयले बताएका छन । त्यस्ता ब्यक्तिहरु क्वारेन्टाईनमा नबस्दो कपिलवस्त उच्च जोखिम रहेको स्वास्थ्यकर्मी बताउँछन् । ९३ किलो मिटरको खुला सीमाका कारण निग्रानी बढाउन अप्ठेरो रहेको सुरक्षाकर्मी बताउँछन् । टोल छिेमक गाउँलेहरुले नै यस बिषयमा गम्भीर हुनु पर्ने र त्यस्ता ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईनमा पठाउनु पर्ने देखिएको छ ।