सिद्धिपुर युथ सोसाइटी अगाडी बढ्दै, भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर ६

‘सामाजिक रुपान्तरणका लागि युवा परिचालन’ मुल नारका साथ स्थापना भएको सिद्धिपुर युथ सोसाइटीले भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध रंगशाला जितपुरमा यस क्षेत्रका जनप्रतिनिधी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीबीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमामा बोल्ने वक्ताले भर्खरै स्थापना भएको सिद्धिपुर युथ सोसाइटीलाई समाज रुपान्तरणको लागि अगाडी बढ्न सुझाव दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस क्षेत्रको विकास एवम् समृद्धीको लागि काम गर्न आग्रह गरे । उनले यस क्षेत्रका स्थानिय तह, विभिन्न संघसंस्था तथा प्रशासनसंग सहकार्यगर्दै अगाडी बढेमा सफल भइने बताए । उनले धनरासी खर्च गरेर मात्र नहुने भन्दै यहाँको शिक्षा, स्वास्थ्य, सरसफाई, सामाजिक विकृति अन्त्य लगाएतका काममा सहभागी हुनुपर्नेमा जोड दिए ।

सिद्धिपुर युथ सोसाईटिका अध्यक्ष सुवाश पाण्डेले सामाजिक रुपान्तरणका लागि युवा परिचालन गरि समाजमा रहेका विकृति विसंगतीलाई अन्त्य गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको बताउँदै सोहि अनुसार अगाडि बढ्ने बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका पाण्डेले यहाँका स्थानीय युवा शक्तिलाई कुलत लागुऔषध जस्ता दुव्र्यसनीबाट टाढा स्थानीय विकास निर्माणका कार्यमा अगाडी बढाउने, स्थानीय, प्रदेश तथा संघिय सरकारका हरेक सीपमुलक तालिमहरुमा युवाहरुलाई सहभागि गराई आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने, खेलकुद विकासमा युवाको संलग्नता बढाउन विभिन्न कार्यक्रम गर्ने जस्ता कार्यहरु गर्ने उनले बताए । उनले बुद्ध रंगशाला सिद्धिपुरलाई व्यबस्थित गर्नका लागि युवाहरुको सक्रियता बढाउने तथा धार्मिक पर्यन विकासका लागि दुर्गा मन्दिरलाई व्यबस्थित गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारका साथमा हातेमालो गर्दै पिकनिक स्पोर्ट, बालवालिकाको लागि व्यबस्थित वाल उद्यान निर्माण जस्ता कार्यहरुमा विशेष जोड दिंदै सिद्धिपुर युथ सोसाईटीलाई नमुना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष शंकर प्रसाद पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरे, सोसाइटीका सल्लाहकार सिता न्यौपानेले समाजमा रहेका विकृती विसंगतीलाई चिर्दै जनचेतना मुलक कार्यक्रम गर्न आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु पनि प्रस्तुत गरिएको थियो ।

सोसाइटीका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता, उपाध्यक्ष मदन मल्लको स्वागत मन्तब्य, विभिन्न संघ संस्था, आमा समुह, क्लवका प्रतिनिधीहरुको आतिथ्यता रहेको भेटघाट तथा बनभोज कार्यक्रम मिडिया संयोजक सबिन रेश्मी मगरको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर ६, शनिबार १३:५३