कपिलवस्तुको बाणगंगामा थप ३ जनामा कोरोना पुष्टि

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर ७
कपिलवस्तुमा आईतबार ३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज थपिएका तीनै जना जिल्लाको वाणगंगा नगरपालिकाका रहेका छन् ।

यो सँगै जिल्लामा जम्मा संक्रमितको संख्या १८ सय २८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९७ रहेको कार्यालयले जनाएको छ । यस्तै हाल सम्म कोरोनाका कारण मृतकको संख्या कपिलवस्तुमा १७ पुगेको छ ।


प्रकाशित : २०७७ मंसिर ७, आईतवार १३:१०