लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ठाउँ ठाउँमा दिप प्रज्वलन

[sharethis-inline-buttons]

अजय मिश्र, कृष्णनगर,

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा आज जिल्लाका विभिन्न ठाउँमा दिप प्रज्वलन गरि भब्य रुपमा औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

लैंगिक हिंसा अन्तय को प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ शुरु भएको अभियानमा जिल्लाको ४ नं जितपुर चोक , कृष्णनगरको गोलघर, चन्द्रौटा क्षेत्र लगाएतमा दिप प्रज्वलन गरिएको हो ।

आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य मा कृष्णनगरमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत विजय कुमार कार्की को प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख शब्नम खातुन, कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युम माया,उधोग बाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो ।

कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । इश्वरी पोख्रेलको सन्चालन रहेको कार्यक्रममा पि.आर.सि का कपिलवस्तु संयोजक निशा पन्थीले स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्दै कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग र सहकार्य गर्न अपिल गरेका थिए ।


प्रकाशित : २०७७ मंसिर १०, बुधबार १५:१६