हरि आचार्य कपिलवस्तु, मंसिर १४
फेकोफनको निर्णय असान्दर्भिक रहेको र वैज्ञानिक वन व्यबस्थापनको नियम कायमै हुनुपर्ने नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधुविलास अधिकारीले बताएका छन् । उनले नवगठित वैज्ञानिक वन संजालहरुलाई केन्द्रिय गरेर लैजाने प्रतिवद्धता व्यक्त गरे । कपिलवस्तु वन डिविजन अन्तर्गतका वैज्ञानिक सामुदायिक ब्यबस्थापन समितिका पदाधिकारीहरु बिच गरिएको अन्तरक्रिया तथा छलफलमा उनले यस्तो बताएका हुन् ।
फुलबारी सामुदायिक वनको सभाहलमा सम्पन्न छलफलले कपिलवस्तु डिविजन वन कार्यालय अन्तर्गतका वैज्ञानिक सामुदायिक वनका पदाधिकारीहरु रहने गरी संजाल समिति गठन गरिएको छ । जसको संयोजकमा श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष रेणु सेन चयन भएकी छन् । सहसंयोजकमा फुलवारीका सामुदायिक वनका अध्यक्ष शेषकान्त बेलबासे, सचिवमा सुर्य मल्ल, कोषाध्यक्षमा पदमलाल अधिकारी, सह सचिवमा डिल्लीराज रेग्मी सदस्यहरुमा दिपक थापा, हुमलाल पौडेल, सत्यनारायण थारु, निल कुमार श्रेष्ठ, सरिता खनाल, लक्ष्मण खड्का लगायत चयन भएका छन् ।
कुनै पनि हालतमा फेकोफनको निर्णय मान्न तयार नरहेको नवगठित संजालले जनाएको छ ।
फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्बासेको अध्यक्षता, नवलपुर वैज्ञानिक वन सञ्जालका अध्यक्ष मधुविलास अधिकारीको प्रमुख आतिथ्यता, सामुदायिक वनका पदाधिकारीको उपस्थिती रहेको कार्यक्रम फुलबारी सामुदायिक वनका सचिव मिना थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।