कपिलवस्तुबाट अबैध ५ सय किलो माछा बरामद

ByLumbini Darpan Online

१४ मंसिर २०७७, आईतवार ०२:०४ १४ मंसिर २०७७, आईतवार ०२:०४ १४ मंसिर २०७७, आईतवार ०२:०४

लुदअ कपिलवस्तु, मंसिर १४
हथिहवा– लवनी सकड अन्र्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बरं.५ हथिहवा दोहोनीमा भारतबाट अबैधरुपमा भित्राइएको ५ सय किलो मागुंर जातका बिकासी माछा बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा साईकलमा १० क्यारेटमा माछा बरामद गरिएको हो । ढाई लाख मुल्यका माछा बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले फेला पारेकोमा माछा ल्याउने व्यक्तिहरू प्रहरी टोलीलाई देखी माछा र साईकल छाडी भारत तर्फ भागेका थिए । बरामद गरिएको माछा स्थानिय जनप्रतिनिधी, पत्रकारको रोहबरमा गाडेर नष्ट गरीएको छ । १० वटा साईकलहरु भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

सोहि सडकमा शुक्रवार भारतबाट अबैधरुपमा भित्राइएका २ लाख बढी मुल्यका ७ वटा खसी बोका समेत बरामद गरिएको थियो । बरामद गरिएको खसी बोका भन्सार चलान गरिएको थियो । जिल्लामा रांगा, खसीबोका, गोरु माछा तस्कारी बढेको ब्यापारीहरु बताउँछन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *