
कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले सङ्घीयताको खारेज गरौँ, कोरोना भाइरस रोकथाम, उपचारमा सरकारको असक्षमता, लापरबाही र भ्रष्टाचारको विरुद्ध देशभर विरोधसभा संम्पन्न गरेको छ।
यसैक्रममा कपिलवस्तुको ४ नं चोकमा पनि आज विरोध सभा संम्पन्न गरेको हो ।
मङ्सिर १४ गते आयोजना गरेको विरोधसभा विभिन्न पालिकामा सम्पन्न भएको छ ।
४ नं जितपुरमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यले सङ्घीयता नेपालमा असफल बन्दै गएको र अब नेपाली जनताले महङ्गो सङ्घीयतालाई थेग्न नसक्ने भएकोले खारेजीको विकल्प नभएको बताए ।
कोरोना रोकथाम र उपचारमा सरकार गैरजिम्मेवार बनेको, साथै सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको अवस्थामा राष्ट्रिय जनमोर्चाको यो आन्दोलन झन् सशक्त पार्नुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन अन्टुका जिल्ला अध्यक्ष केयरसिंह अदै ,अखिल नेपाल व्यापार संघका अध्यक्ष भविलाल शर्मा लगाएतले संघियताले देशमा पारेको वितण्डाका बारेमा बोलेका थिए ।

