शुद्धोधनको पतरियामा वर्थिङ्ग सेन्टर संचालन

[sharethis-inline-buttons]

रामु यादव

शुद्धोधन गाउंपालिका अन्र्तरगत वडा नं १ अन्तर्गत रहेको पतरिया स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालनमा आएको छ ।
आइतबार एक कार्यक्रमका विच गाउंपालिकाका अध्यक्ष निसार अहमद खां, उपाध्यक्ष सुधादेवी पाण्डेय र वडा अध्यक्ष तिलकराम यादवले सयुक्त रुपमा उद्घाटन गरका हुन् ।

ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुले स्थानीय स्तरमा नै बच्चा जन्माउनको लागी गाउंपालिकाले प्रत्यक वडामा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने गाउंपालिकाका अध्यक्ष निसार अहमद खांले बताए ।

हालसम्म २ वटा संचालनमा आएको र बाकीं ४ वटा स्वास्थ्य संस्थामा क्रमिक रुपमा संचालनमा ल्याउने योजना रहेको उनले बताए ।
साथै अध्यक्ष खांले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि गाउंपालिकाले प्रत्यक वडामा एम्वुलेन्स सेवा पनि संचालन गर्ने बताए ।

हालसम्म २ वटा वडामा एम्बुलेन्स संचालनमा आएको र बाकीं ४ वडामा सांसद विकास कोषको रकम अल्या गरि खरिद प्रकृया अगाडी बढाएकोले केही महिनामै ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुवाट एम्वुलेन्स संचालनमा आउने बताए ।
सो अवसरमा उपाध्यक्ष सुधादेवी पाण्डेय, जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव , युवा नेता कमलेशशरण चौधरी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगत, फेयर मेडका शशि कणर्, कालिका स्वालवलम्वनका रामेन्द्र सिंह रावल , स्वास्थ्य संयोजक अस्फाक अहमद खां , २ नं वडा अध्यक्ष मनोज कुमार यादव , पुण केशर माविका प्रअ लिला खनाल लगायतले वर्थिङ्ग सेन्टर निरन्तर संचालन र गुणस्तरिय सेवाको लागि शुभकामना दिएका थिए ।

वर्थिङ्ग सेन्टर संचालनको लागि स्वास्थ्य कार्यालय कपिलवस्तु, फेयर मेड, कालिका स्वावालमवन सामाजिक केन्द्र, युनिसेफ नेपाल , पिस नेपाल लगायतका संस्थाले सहयोग गरेका थिए । वडा नं १ का अध्यक्ष तिलकराम यादवको अध्यक्षता राम बहादुर चौधरीको स्वागत र स्वास्थ्य चौकी प्रमुख नथई चौधरीको संचालनमा कार्यक्रम संम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार १४:३९