शिवराज जेसिजद्धारा गुरुकुलमा कम्बल बितरण

[sharethis-inline-buttons]

लुदस,चन्द्रौटा ।
युवाहरुको साझा संस्था शिवराज जेसिजद्धारा आज खरेन्द्रपुरमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशालामा न्यानो कम्बल बितरण गरिएको छ । पाठशालामा अध्यानरत रहेका बटुकहरुलाई मध्यनजर गरी पाँच थान कम्बल बितरण गरेको अध्यक्ष बिजय सापकोटाले बताएका छन् । चिसो मौसम बढेकोले बटुकहरुलाई सहज होस भन्ने उद्देश्यले नियमित कार्यक्रम अन्र्तगत कम्बल बितरण गरेको अध्यक्ष सापकोटाले बताएका छन् ।

बितरण कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष सरोज पौडेलले कोरोना कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा जेसिजले सहयोग गरेकोमा धन्यवाद दिएका छन् । बिगतका वर्षहरुमा पनि जेसिजले सामाजिक कार्यमा उल्लेखनीय काम गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा शिवराज जेसिजका पदधिकारीहरु वाइपि पौडेल, खगेन्द्र गिरी, मधु सिग्देल, गणेश जिसी, कबिराज अधिकारी,कृष्ण कार्की, केशव खनाल, युवराज पौडेल लगाएतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७७ मंसिर १५, सोमबार १२:५४