मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

बाणगंगा ९ को कपिलधाम स्थित ध्यान केन्द्रको उद्धघाटन, त्रिरत्न बौद्धविहारको पनि औपचारिक अनावरण

लुदअ कपिलवस्तु, मंसिर १५
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम परिसर भित्र निर्माण गरिएको ध्यान केन्द्रको आज औपचारिक उद्धघाटन गरिएको छ । २०७२ सालमा धाममा आयोजना गरिएको शिव पुराण ज्ञान महायज्ञबाट संकलित रकम सहित वाणगंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारद्धारा विनियोजत बजेट अन्र्तगत करिब ७२ लाखको लागतमा निर्माण सम्पन्न भएको सो ध्यान केन्द्रको आज लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मत्तेय) ले उद्धघाटन गर्नुभएको हो । ध्यान केन्द्रको उद्धघाटन गर्दै उपाध्य त्रिपाठीले लुम्बिनीमा अवलोकनका लागी आउने पर्यटकहरुलाई अब कपिलधाम सम्म घुमफिरका लागि आउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कपिल ऋषिको जानकारी सँगै ध्यान केन्द्रबाट योग र ध्यानको आनन्द प्राप्तीका लागि अब कपिल आरोग्य मन्दिर पनि एक नयाँ गन्तव्यको रुपमा विकास हुने उहाँले बताउनुभयो । कार्यक्रममा धामका अध्यक्ष शंकर प्रसाद आचार्यले कपिलधामको अवस्था र आगमी गुरुयोजना बारे जानकारी गराउनुभएको थियो । ध्यान केन्द्रको उद्धघाटनकै क्रममा करिब १० मिनेट ध्यानको अभ्यास समेत गएिको थियो । यसैबिच कपिलधाम क्षेत्रमै निर्माण निर्माण गरिएको त्रिरत्न बौद्धविहारको पनि आजै भिक्षु मत्तेयले औपचारिक अनावरण गर्नुभएको छ ।

लुम्बिनी विकास कोष र विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा त्रिरत्न बौद्ध विहार समितिले निर्माण गरेको बुद्धको मुर्ति अनावरण गरिएको हो । बुद्ध मुर्ति अनावरण र ध्यान केन्द्रको उद्धघाटनका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठी ( भिक्षु मत्तेय ) सहित लुम्बिनी विकास कोषका योजना प्रमूख शरोज भट्टराई पनि आउनुभएको थियो ।

अहिले कपिलधाम क्षेत्रको सुन्दरीकरण तथा आन्तरिक पर्यटकहरुको आकर्षणको स्थाल बनाउन अहिले सो क्षेत्रको बृहत सुन्दरीकरणको कम भईरहेको छ । कपिल आरोग्य मन्दिर आसपास क्षेत्रमै हाल साहित्य चौतारी कपिलधाम, लुम्बिनी वाङ्मय प्रतिष्ठान स्थापित भईसकेका छन भने हाल बुद्धको मुर्ति निर्माण गरि अझ रौनकता थपिएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: