
लुदअ मंसिर १७, काठमाण्डौ
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
१८ वटा विषयको नतिजा शून्य आएको, २३ वटा विषयमा आवश्यक संख्या नै उत्तीर्ण हुन नसकेको, १ सय ७७ वटा पद फ्रिज हुनु रहस्यमयी भएको असन्तुष्ट पक्षले आरोप लगाएको छ । एउटै परीक्षार्थीको नाम उत्तीर्ण र रद्द दुवैमा प्रकाशित हुनुले शंका उब्जाएको उत्तीर्ण र रद्द दुवैमा आफ्नो नाम आएका परीक्षार्थी कपिल खनाल बताउनुहुन्छ । ।“मेरो नाम उत्तीर्णमा पनि आयो । रद्द गरिएकोमा पनि आयो । यो भन्दा ठूलो लापरबाही के हुन सक्छ रु” उहाँले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले प्राध्यापन गर्ने विषय इएनटी ९विज्ञापन नम्बर १६१र०७५र०७६० मा २ जनाको रिक्त पदमा तीन जना परीक्षार्थी संलग्न भएकोमा कसैले पनि उत्तीर्णाङ्क अंक प्राप्त गर्न नसक्नु र क्लिनिकल फर्माकोलोजीतर्फ रहेको विज्ञापन नम्बर १७८र०७५र०७६ को खुलातर्फ २ जना परीक्षार्थीले परीक्षा दिएकोमा ३ जना उत्तीर्ण हुनुले त्रिविको परिक्षा प्रणालीमा नै प्रश्न चिन्ह उब्जिएको छ ।
यसबारे छानबिन हुनुपर्ने भन्दै गएको मंसिर १४ गते सर्वोच्च अदालतमा असन्तुष्ट २६ जना परीक्षार्थीले मुद्दा दर्ता गरेको समाजशास्त्र विषय तर्फका परीक्षार्थी अञ्चला चौधरीले बताउनुभयो । सेवा आयोगले गोल्ड मेडलिस्टहरुलाई छानीछानी अनुत्तीर्ण गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

