लैङ्गिक हिंसाका पिडित सँग भेटघाट तथा परामर्श कार्यक्रम

[sharethis-inline-buttons]

संगिता भुसाल,तौलिहवा ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा साथी संस्था को सहकार्यमा लैङ्गिक हिंसाका पीडित सँग भेटघाट तथा परामर्श कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ ।कार्यक्रममा रहेर जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले हिंसाका सवालमा जब सम्म उजुरी निवेदन आउँदैन तब सम्म केही गर्न नमिल्ने र त्यस्को लागि आफै पहल गरेर उजुरी आएमा कानुनी दायरामा रहेर न्यायका लागी दिन पहल गर्ने बताएका छन् ।

रेग्मिले कसैले हिंसा तथा कानुनी अपराध लाई मिलापत्रमा गराउँछ भने त्यस्लाई पनि तीन बर्ष सम्म कैद व्यवस्था रहेको बताएका छन् । यसै गरि इलाका प्रहरी पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले पनि पिडित सँग प्रत्यक्ष सहभागी भएर कार्यक्रम गर्दा न्याय दिने र न्याय पाउने दुबैलाइ सहज हुने भएकोले यस कार्यक्रम गरेको बताएका छन्। पीडित को कुरा सुन्दै गुरुङले बहुविवाहको केसमा श्रीमतीले जाहेरी दिन नमान्नु मुख्य समस्या भएको बताए । १८ बर्ष भन्दा कम उमेरमै शारिरिक सम्बन्ध भयो भने रेप केश सरह मानिने बताए। यसै गरि कार्यक्रमका बिशिष्ठ अथिति कपिलवस्तु नगरपालिका वडा नं.१ का अध्यक्ष रामभजन कलवार ले पनि कम उमेरमा विबाह गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने र सम्बन्ध बिच्छेदका घटना पनी बढी भएकोले उमेर पुगेपछि मात्र आफ्नो सन्तानको विबाह गर्न अनुरोध गरेका छन् ।

कार्यक्रमको अध्यक्ष साथी संस्थाको संयोजक बिमला पौडेल पनि हिंसा सहेर नबसौ हिंसा को लागि आवाज उठाउन १६ दिने अभियान मात्रै होइन ३६५ दिन नै अभियान चलाउनु पर्ने बताएकी छन् ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार १४:४४