बाणगंगा र गजेहडा खानेपानी समितीको छैँठौँ वार्षिक साधारणसभा सम्पन्न

ByLumbini Darpan Online

२० मंसिर २०७७, शनिबार १४:२२ २० मंसिर २०७७, शनिबार १४:२२ २० मंसिर २०७७, शनिबार १४:२२

लुदअ कपिलवस्तु, मंसिर २०
बाणगंगा र गजेहडा भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीको छैँठौँ  र्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलासत्रबाट पारित भएको छ । यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।

कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाखीको संचालनमा सम्पन्न भएको हो । समितीले १ करोड ३८ लाख ३९ हजार आम्दानी गरेकोमा ३२ लाख ७२ हजार मुनाफा गर्न सफल भएको छ । विक्रम सम्बद २०६२ सालमा स्थापना भएको समितीमा हाल २३ सय ४७ घरधुरीले धारा जडान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले वाणगंगाको उत्तमनगरमा बन्न लागेको प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका जनता मात्र नभइ समग्र प्रदेशवासीनै लाभान्वित हुने बताएका छन् । सांसद पन्थीले यस क्षेत्रका जनातालाई शुद्ध पानी खुवाउन भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिती अवोरात्र खटिएको भन्दै जनताको सेवामा खटिने सम्पूर्ण समितीलाई धन्यवाद दिए । उनले भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले राम्रो काम गरेकै कारण यहा प्रदेश स्तरीय पानी परिक्षण ल्याब बन्न थालेको बताए । सांसद पन्थीले प्रदेश सरकारले ३ वर्ष भित्र १ घर एक धाराा पुरयाउने संकल्प पास गरेकाले सोही अनुसार काम अगाडी बढाएको बताए । उनले अब विकास निर्माण गर्दा बसाइसराई र जनसंख्याको चापलाई मध्यनजर गर्दै दिर्घकालिन योजनाको साथ काम गर्नुपर्ने बताए ।

यस्तै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीका पदाधीकारी दिनरात खटेर काम गरेको भन्दै सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिए । उनले समितीलाई नगरपालिका संग समन्वय गर्दै काम गर्न आग्रह गरे ।

उपमेयर चक्र पाणि अर्यालले भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले फोहरलाई रिसाइकिलिङ गर्ने कार्यक्रम ल्याएको भन्दै समितीलाई धन्यवाद दिए । उनले फोहरलाई मोहर बनाउने गरी यसको ब्यवस्थापन गर्नुपर्ने भन्दै त्यसको लागि हरेक क्षेत्रबाट सहयोग हुनुपर्ने बताए । समितीले स्थापनाको १२ वर्षमा राम्रो काम गरेको भन्दै सबै उपभोक्ताले शुद्ध पानी पाएको बताए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री, वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारीले बोल्दै समितीको काम प्रसंसनीय रहेको बताएका थिए । यस क्षेत्रको सडक जीर्ण अवस्थामा पुगेकाले यसको निमार्ण तर्फ सबैको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा समितीका सल्लाहकार नन्द किशोर शुक्ल, द्रोणराज सुवेदी, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइ, सल्लाहकार कृष्ण प्रसाद भट्राई, गजेहडा बजार विकास समितीका अध्यक्ष गोबिन्द ज्ञवालीले बोलेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *