Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

‘लैगिंक समानतामा भ्रुर्ण हत्याले गर्ने असर’ विषयक बक्तृत्वकला गोरुसिंगेमा सम्पन्न

लुदअ कपिलवस्तु, मंसिर २०
लैगींक हिंसा अन्त्यको प्रर्तिबद्वता, ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नारा सहित जारी १६ दिने हिंसा बिरुद्धको अभियान अन्तरगत कपिलवस्तुको गोरुसिँगेमा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । (नोभेम्बर २५)देखि डिसेम्भर १० सम्म संचालित अभियान अन्र्तगत लैगिंक समानतामा भ्रुर्ण हत्याले गर्नेअसर बारेमा हरियाली किशोरी र साबिक जयनगर ५, ८ र ९ का अब मेरो पालो परियोजनाको किशोरी समुहका किशोरीहरूका बिच वक्तृत्वकला प्रतियोगिता बुद्वभूमि नगरपालिका वडा नं.२ बडहरामा सम्पन्न भएको हो ।

कार्यक्रममा जयनगर ५ कि यूवा खनाल प्रथम र श्रेया पून द्वितीय भएका छन भने हरियाली किशोरी समुहकी शिला नेपाली तृतीय स्थान लिन सफल भएकी छिन् । त्यस्तै आशिष बि. क.सन्तावना स्थान प्राप्त गरेका छन् । बिजेतहरूलाई अंग्रेजी शब्दार्थ पुस्तक प्रदान गरिएको आयोजनकले जनाएको छ । केयर नेपालको सहयोग र दलित सामाजिक बिकास केन्द्र कपिलबस्तुको आयोजनामा भएको कार्यक्रममा सरस्वती भण्डारीको अध्यक्षता, बुद्धभुमि नगरपालकिा वडा नम्बर २ का वडा अधयक्ष्ँ भेषराज शर्मा खनालको प्रमूख आतिथ्यता रहेको थियो ।

वडा नं.२ का प्रतिनिधि ईश्वरीप्रसाद खनालको बिशिस्ट आतिथ्यता, बिद्यालयका शिक्षक वसन्त थारू, शिक्षिका रमा मरासिनी लगाएत स्थानिय समाजसेबीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम समूहकी सदस्य प्रमिशा खनालको सञ्चालन, रूपा नेपालीको स्वागत मन्त्ब्य सहित संस्थाकी सहजकर्ता मिरा परियारको सहजीकरणमा सम्पन्न भएको हो ।

यसैबिच उता नेपाल महिला एकता समाजकी अध्यक्ष नारायणी पाण्डेको अध्यक्षतामा महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत ईलाका प्रहरी कार्यालय गोरुसिँगेका सई दिपक बस्यालको अभिुखिकरणमा हिँसा विरुद्धको कार्यक्रम गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य रामदेव पासीको प्रमूख आतिथ्याता रहेको थियो । कार्यक्रममा महिला अधिकारकर्मी लिला परियार सहित वडा सदस्य बिन्दु दर्जी, फुलमाया थारु, चमेली थारु लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *