विप्लव शिवराज नगरपालिका सेक्रेटरी प्रकाउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु , मंसिर २०
विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गशेण थारु पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाका सेक्रेटरी समेत रहेका थारुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीका अनुसार शिवराज नगरपालिका स्थित २ हल्लानगरमा सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरिएको हो ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक अधिकारीले जनाकारी दिएका छन् ।
थारुमाथि विभिन्न नाममा चन्दा आतङ्क, हड्तालको नाममा तोडफोड परेको लगायत आरोप छ ।


प्रकाशित : २०७७ मंसिर २०, शनिबार १४:४२