विप्लव नेतृत्वका जिल्ला सचिव पक्राउ, राजनैतिक वैचारिक प्रशिक्षण सम्पन्न मंसिर २०

[sharethis-inline-buttons]

विप्लव समुहको जिल्ला स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणमा बोल्दै अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण वा नवउदारवादका विरुद्ध संगठनले सम्झौताहीन संघर्ष गर्ने बताउदै यसका लागी देशभक्त र जुझारु विद्यार्थीहरुलाई संगठनमा आबद्ध गर्नुपर्ने बताए ।

उनले संगठनको इतिहासबारे चर्चा गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको संघर्षलाई अझ घनिभूत बनाउनु पर्ने बताए । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागी दृष्टिकोणमा नै परिवर्तन गर्नुपर्ने बताए ।नेकपा कपिलवस्तुका सेक्रेटरी शेरमानले शैक्षिक माफियाहरु विरुद्धको संघर्षलाई अखिल ९क्रान्तिकारी०ले नेतृत्व गर्नुपर्ने भन्दै त्यसमा पार्टीको साथ रहने बताए । उनले देशको संकट अझ गहिरिदै गएको भन्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्षमा सबै केन्द्रीत हुनुपर्ने बताए । अखिल ९क्रान्तिकारी० कपिलवस्तुका अध्यक्ष विज्ञान क्षेत्रीले जिल्लामा शैक्षिक क्षेत्रमा देखिएका समाधान गर्न संगठनले निरन्तर संघर्ष गर्दै आएको भन्दै आवश्यक परे जस्तोसुकै परिस्थितिको पनि सामना गर्न आफुहरु तयार रहेको बताए । प्रशिक्षण जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको अध्यक्षता र जिल्ला सदस्य विनोद गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यता
कपिलवस्तु प्रहरीले सनिवार विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गशेण थारु पक्राउ गरेको छ । शिवराज नगरपालिकाका सेक्रेटरी समेत रहेका थारुलाई
शिवराज २ हल्लानगरस्थित सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरेको बताएको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई विशेष सुराकीको आधारमा प्रक्राउ गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

थारुमाथि विभिन्न नाममा चन्दा आतङ्क, हड्तालको नाममा तोडफोड परेको लगायत आरोप छ ।


प्रकाशित : २०७७ मंसिर २०, शनिबार १४:४५