राजापानी नमुना टोल विकास संस्थाको अध्यक्षमा महत चयन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असिम क्षेत्री कपिलवस्तु, मंसिर २१
राजापानी नमुना टोल विकास संस्था बाणगंगा ३ को अध्यक्षमा लाल कुमार महत चयन भएका छन् । टोलका अगुवा तथा सरोकारवालाको बिचमा भएको छलफलबाट महत सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । त्यस्तै टोल विकास संस्थाको उपाध्यक्षमा कमलेश रौतार, सचिवमा ज्ञान बहादुर वि.क., सह सचिवमा राजेश थापा, कोषाध्यक्षमा रमा पाण्डे सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी पोख्रेल, विनोद राना, कला पाण्डे, सरस्वती वि.क., सुरज परियार र साबित्रा थारु रहेका छन् । टोलका सम्पुर्ण राजनितिक दलका प्रतिनिधि, सरोकारवालाहरुसंग छलफल तथा सहमतिमा टोल विकास संस्था गठन गरिएको अध्यक्ष महतले बताएका छन् ।

अध्यक्ष महतले टोल विकास संस्थाको नेतृत्व प्रदान गर्ने सम्पुर्ण टोलवासीलाई आभार व्यक्त गर्दै टोललाई नमुना बनाउने बताए । उनले कुनै पनि पुर्वाग्राही नराखि टोलवासीलाई परेका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । महत अध्यक्षमा चयन भएपछि टोल विकास संस्थाले उल्लेख्नीय कार्य गर्ने विश्वास लिईएको छ ।


प्रकाशित : २०७७ मंसिर २१, आईतवार ०३:१७