वडा कार्यालयद्धारा ३० कृषकलाई तरकारीको बीउ वितरण

ByLumbini Darpan Online

२१ मंसिर २०७७, आईतवार ०४:३६ २१ मंसिर २०७७, आईतवार ०४:३६ २१ मंसिर २०७७, आईतवार ०४:३६

सुरेश कुमार पाण्डेय, कपिलबस्तु मंसीर २१
कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई निशुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन शुद्धोधन गाउँपालिका वडा नं. ६ ले सक्रियता लिएको हो ।

शुद्धोधन गाउँपालिका वडा नं. ६ ले ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रममा कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरेको हो । बिभिन्न मौसमि तथा व्यमौसमी तरकारी बालीका बिउ तथा यो सिजनमा हुने तरकारी का बिउ बितरण गरि रहेको छ ।

वडा भित्र रहेका १५ गाउका ३० स्थानिय कृषकलाई कृषि सम्बन्धी तालिम दिई बीउ वितरण गरिएको शुद्धोधन गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश चौधरीले जानकारी दिए ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम गरी बीउ वितरण गरिएको वडाध्यक्ष बिजय बहादुर यादव बताए ।

शुद्धोधन गाउँपालिकाका किसानले वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि लाभान्विन भएका छन् । किसानलाई आवश्यक पर्ने विउ उत्पादन, प्रसोधन र वितरण भएपछि किसानले लाभ लिएका हुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *