
लुदअ कपिलवस्तु, मंसिर २३
मानव अधिकार तथा शान्ति समाज शाखा कपिलवस्तुले यहि मंसिर २५ गते विहिवारका दिन कपिलवस्तुमा ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भव्यताका साथ मनाउने भएको छ । आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन् भन्ने मूल नाराका साथ उक्त दिवश मनाउन लागिएको हो ।
मानव अधिकारकर्मिहरुको उल्लेख्य उपस्थितिमा कपिलवस्तुको जितपुर बुद्धचोकमा विहान साढे ७ मा सम्पन्न हुन गईरहेको कार्यक्रम शान्तिपूर्ण हुने मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गोविन्द पोख्रेलले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा मानव अधिकारकर्मी र संचारकर्मीहरु प्लेकार्डहरु सहित उपस्थित हुन आग्रह गरिएको संस्थाका जिल्ला सचिव भरतराज न्यौपानेले प्रेस मिटमा जानकारी दिए ।
संस्थाले ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको अवसरमा विभिन्न संघ संस्थाहरु संगको सहकार्य र सि एण्ड सि हस्पिटलको प्राविधिक सहयोगमा यहि मंसिर २७ गते शनिवार विहान ९ वजे देखि दिउसो १ वजेसम्म रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गरि वृहत रक्तदान कार्यक्रम गर्ने जानकारी गराईएको छ ।

