ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ सामाजिक बिकास केन्द्रको बार्षिक सामाजिक लेखा परिक्षण सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर २६, शुक्रबार ०२:४८
[sharethis-inline-buttons]

पार्बती आचार्य, कपिलबस्तु मंसिर २६

सिद्धार्थ सामाजिक विकास केन्द्रले बार्षिक सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । सुशासन र पारदर्शीता कायम गर्नकालागि हरेक बर्ष आफ्नो बार्षिक सामाजिक लेखा परिक्षण गर्दै आएको छ । संस्थाले एक बर्षभरी आफुले गरेका र आगामी दिनमा गर्न बाँकी कामहरुको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस संस्थाले प्रदेशमै कामको आधारमा पहिलो अग्रणी संस्थाको रुपमा बिकास गरी चिनाउन सफल भएको भन्ने कुरा बताएका छन् । संस्थाले प्राप्त गरेको अनुदानहरु बिभिन्न क्षेत्रमा खर्च गरी सरोकारवाला एवं अधिकारवालाहरुको बिचमा सामाजिक लेखा परिक्षण गर्न आफैमा उदाहरण्ीय कार्य भएको प्रशंसा गर्दै प्रदेशमै उत्कृष्ट गैरसरकारी संस्था रहेको यस संस्थालाई आगामी दिनमा आफुले सक्दो सहयोग रहने आश्वासन दिए ।

यसैगरी जिल्ला समन्वय समिति कपिलवस्तुका उप प्रमुख तारावती चौधरीले गैरसरकारी संस्थाले महिला, बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा उलेख्य कामहरु गर्दै आएको बताईन् । यस संस्थाले समाजलाई परिबर्तन गर्नकालागि महत्वपुर्ण कार्यहरु गर्नुका साथै बिकासको गती लिएर अगाडी बढेकोमा धन्यबाद दिईन् ।

कार्यक्रममा नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले कोभिड (१९ को महामारीका बीच पनि संस्थाका कर्मचारीले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । संस्थाले पारदर्शी ढंगले बजेट सार्वजनिक गरेको भन्दै आगामी दिनमा लागु औषधको कुलतबाट बचाउने र बालविवाह अन्त्यको कार्यक्रम ल्याउन समेत आग्रह गरे ।

यस्तै नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि रवि बहादुर काफ्लेले कोरोना महामारीका बेलामा बिभिन्न क्षेत्रमा पुगेर सामाग्रीहरु बितरण गरेको भन्दै प्रशंसा गरेका थिए ।

सिद्धार्थ क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, वडा नं. १० का वडा सचिव अशोक कुमार चौधरी , संस्थाका पूर्व अध्यक्ष टंकप्रसाद आचार्य, पोम नाराण पौडेल, पत्रकार महासंघका उपाध्यक्ष पार्बती पाण्डे , शिक्षक लिला खनाल पतरिया युवा क्लवका प्रतिनिधि रामु यादव लगायत बक्ताहरुले संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनको कार्यकोलागि शुभकामना दिएका थिए ।

विभिन्न दातृ निकाय र सरकारी निकायका गरी झण्डै एक दर्जन कार्यक्रम सञ्चालन भैरहेको सिद्धार्थमा कोभिड १९ को विषम परिस्थितीमा पनि सबै काम पूरा गरेर प्रदेशमै आफुलाई अब्बल गराउन सफल भएको सहभागी अतिथिलेहरुले बताएका थिए ।

कार्यक्रम संयोजकहरु आरटी खान , धनेश्वरी घर्ती , प्रकाश घिमिरे , जियाउल हक र अजय चौधरी लगाएतले आ आफ्नो कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संस्थाका सचिव रोमाकान्त घिमिरेले संस्थाले बर्ष भरी गरेका कामहरुको बिस्तृत प्रतिबेदन प्रस्तुत गर्नुका साथै संस्थाका भाबि कार्यक्रमहरुको बारेमा प्रकाश पारेका थिए । संस्थाले बिभिन्न दातृनिकायहरुबाट र आन्तरिक श्रोत ब्यबस्थापन गरी कुल ५ करोड ५३ लाख ४ हजार ५ सय ६९ रुपैयाँ बराबरको बार्षिक बजेट समेत प्रतिबेदन मार्फत जानकारी गराएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य को अध्यक्षतामा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थी, बिशिष्ट अतिथी जिल्ला समन्वयका उप प्रमुख तारावती चौधरी , वडा अध्यक्षहरु अधिकारकर्मीहरु, समाज सेबी पत्रकार लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम संस्थाका सदस्य हरि अधिकारीको स्वागत तथा सचिव रोमकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०२:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech