कपिलवस्तुका सक्रिय युवाद्धारा अर्घाखाँचीको कारागारमा पुस्तकालय स्थापना

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर २६
विद्या या विमुक्तेयु भन्ने नारालाई आत्मसाथ गर्दै गर्दै राष्ट्रिय पुस्तकालय अभियानको अभियन्ताहरूले अर्घाखाँचीको सदरमुकाम सन्दिखर्क स्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरेका छन्। कारागारलाई नै सुधारकेन्द्र बनाउन सकिने उद्देश्यका साथ कारागार गएका अभियन्ताहरूले अपराध एउटा रोग भएको र यो रोग निको बनाउन पुस्तक सहायक हुनसक्ने बताएका छन् । देश व्यापिरूपमा नै कारागारभित्र पुस्तकालय बनाउने उद्देश्यले अगाडि बढेका उनीहरूले यस अगाडि जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गरेका थिए।

अभियानका अभियन्ताहरू गौरव पौडेल, हरि खनाल, सुनीता बेल्बासे ,दिवश राज पौडेल, असिम भट्टराई, आरती अर्याल र बिक्रम क्षेत्रीले सामाजिक सञ्जालको माध्ययमबाट अरूले पढि सकेका पुराना तथा नयाँ पुस्तकको सङ्कलन गरि देशका विभिन्न कारागार तथा बिकट क्षेत्रका विद्यालयहरूमा पुस्तकालय स्थापना गरिरहेका छन्।

कैदीहरूलाई पनि सहि मार्गदर्शन गर्नसके उनीहरूलाई समाजमा पुनःस्थापना गर्न सहज हुन्छ तथा राम्रो ज्ञान सिकेर समाज परिवर्तनमा योगदान दिन सकुन भन्ने उद्देश्यले उक्त कार्य गरिएको बताईएको छ ।

कारागारमा स्थापित पुस्तकको पुर्ण जिम्मेवारी सम्हालने तथा जतिबेला पनि अनुगमनमा अभियन्ताहरू आउन सक्नुहुन्छू भनेर कारागार प्रमुख नुमलाल पन्थीले धन्यवाद प्रकट गरे ।

दिवश राज पौडेलको संयोजकत्व तथा बिक्रम क्षेत्रीको सह संयोजकत्व र सुनिता बेल्वासेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। सो अभियान देश ब्यापिरुपमा ब्यापीरुपमा अगाडि बढाउदै लैजाने अभियानका संयोजक पौडलले बताए ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०४:४६