ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थको २४ औंं साधारण सभा सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर २७, शनिबार ०८:११
[sharethis-inline-buttons]
Image XYZ

थानेश्वर अधिकारी, जितपुर।
सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको २४ औं वार्षिक साधारण सभा आज ४ नं मा सम्पन्न भएको छ । सामाजिक रुपान्तरणमा लामो समयदेखि कृयाशिल रहेको संस्थाले मानव अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, युवा, किशोर किशोरी लक्षित कार्यक्रम तथा कोभिड–१९ मा सहयोग पुराएर प्रदेश स्तरमै उल्लेखनीय काम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी संस्थापक सचिव तथा पुर्व अध्यक्ष टंक प्रसाद आचार्यले संस्थालाई दिगो रुपमा संचालन गर्न आफनो छु्ट्टै कोष बनाएर सामाजिक सवालहरुमा थप काम गर्नुपर्ने बताएका छन् । उनले संस्था स्थापनाकाल देखि हालसम्म आइपुग्दा संस्थाले गरेका कामहरुलाई नजिकबाट नियालेको बताउँदै अव संस्थालाई दिगो रुपमा संचालन गर्न स्थानीय श्रोत साधनको अधिकतम उपयोग गर्दे लैजानुपर्ने बताएका छन् ।

त्यस्तै संस्थाका संस्थाका संस्थापक कोषाध्यक्ष तथा पूर्व अध्यक्ष टिकाराम पौडेलले विभिन्न परिस्थितीलाई सामना गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा एकढिक्का भएर संस्था अघि बढिरहेको बताए । उनले खानेपानी सरसफाई र खेलकुदबाट शुरु गरेको संस्थाले अवका नयाँ र समसामहिक सवालहरुमा काम गर्दै जानुपर्ने बताएका छन् ।

संस्थाका सस्थापक सदस्य तथा पूर्व अध्यक्ष पोमनारायण पौडेलले कपिलवस्तु जिल्लामै सामाजिक सवालहरुलाई अगुवाई गर्दै आइरहेको संस्थाले नमुनाको रुपमा संस्थाका गतिविधी बढाउनुपर्ने बताए । कपिलवस्तुमा सामुदायिक अस्पताल र सहकारीको अवधारणा पहिलो पटक संस्थाले शुरुवात गरेकाले यसलाई व्यवस्थित बनाउनु पनि हाम्रो दायित्व भएको बताएका छन् ।

संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाका सदस्यहरुले स्थानीय स्तरमा धेरै सामाजिक क्षेत्रको अगुवाई गरिरहेकोले वदलिदो परिवेश अनुसार नया नयाँ सवालहरुमा थप कार्यक्रमहरु विस्तार गर्दै लैजाने बताएका छन्।

संस्थाका सचिव रोमकान्त घिमिरेले प्रगति प्रतिवेदन पेश गर्दै आगामी ५ वर्षका लागि शिक्षा र बालअधिकार, दिगो जीविकोपार्जन, स्वास्थ्य अधिकार, सुशासन र मानव अधिकारका सवाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

त्यस्तै संस्थाका कोषाध्यक्ष हरिलाल शर्माले आ।ब। २०७७।०७८ का लागि ६ करोड बराबरको प्रस्तावित कार्यक्रम बजेट पेश गरेका छन् । साधारण सभामा आन्तरिक लेखा उपसमितिका संयोजक शोभा आर्चाले सुझाव सहितको लेखा प्रतिवेदन प्रस्तुत गरेकी छन् ।

साधारण सभामा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, महिला अधिकारकर्मी रुकैया खातुन लगाएतले शुभकामना दिएकी छन् । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष सूर्यकुमारी शाहीको स्वागत तथा सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको थियो । सभाले ११ बुँदे समसामयिक प्रस्तावहरु समेत पारित गरेको छ ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार ०८:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उमेद्धवारी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको ‘कफि वारिस्ता तालिम’ प्रभावकारी

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech