लक्ष्मणघाट बोलबल धाममा शिवमुर्ती सहित १०८ शिवलिङ्गको उद्धघाटन

[sharethis-inline-buttons]

लुदस, लक्ष्मणघाट ।
कपिलवस्तुको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा परिचित लक्ष्मणघाट बोलबम धाममा निर्माण गरिएको शिवमुर्ती र १०८शिवलिङ्गको शुक्रबार उद्धघाटन गरिएको छ ।
उद्धघाटन कार्यक्रममा वाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालले बोलबम धाम विकास र प्रर्वद्धनका लागि सबैको साथ अपरिहार्य रहेको बताएका छन् । बाणगंगा नगरभित्रको महत्वको रुपमा रहेको यस धामको डिपिआर निर्माण गरी काम अगाडी बढाउने काम भैरहेको बताएका छन् । धामको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.५का वडाध्यक्ष भिष्मराज भुसालले यो धार्मिक क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागी वार्ड मात्र नभइ सबै जना लाग्नु पर्ने बताएका छन् । सो क्षेत्रको ंसंरक्षण र सुन्दरीकरण गर्न वडा नम्बर ५ पनि तयार रहेको बताएका छन् ।

कार्यक्रममा अतिथि तथा वोलबमधाम विकास समितिका निवर्तमान अध्यक्ष तेजेन्द्र बहादुर पाण्डेले यो क्षेत्रको संरक्षण र विकासका लागी समिति र समुदायको उल्लेखनीय भुमिका रहेको बताएका छन् । यो संरक्षण र संरचना निर्माणका लागी आफुहरुले बिभिन्न निकाय र प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको बताएका छन् ।

कार्यक्रमका अतिथि तथा बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुले बोलबमधामको आफ्नै एतिहासिक र धार्मिक महत्व रहेकाले यसको प्रचार प्रसार र सुन्दरीकरण गर्न वडाले सक्दो पहल गर्ने बताएका छन् ।


यसै गरी मन्तव्यकै क्रममा कार्यक्रमका अतिथि तथा सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले यहाँको समिति, समाजसेवी,बुद्धिजिवी र आम जनसमुदायको सहयोगका कारण अहिले बोलबमधामको मुहार फेरिएको बताएका छन् ।

अतिथि तथा वडा नं ५ की महिला वडा सदस्य शान्ता पाण्डेले बोलबमधामको ब्यवस्थापन पक्षलाई अझ ध्यान दिँदै जान सके आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने बताएकी छन् ।

बोलबम धाम विकास समितिका अध्यक्ष रनबहादुर काउचाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक थानेश्वर अधिकारी,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वार्ड अध्यक्ष राम प्रसाद न्यौपाने, सचिव माधब खनाल, लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपाने, कार्यसमिति सदस्य अन्जित खनाल,पत्रकार सागर पौडेल, रामु पौडेल,रामबहादुर गन्धर्व,बोलबमधाम विकास समितिका सह सचिव पुरुषोत्तम भुसाल,कोषाध्यक्ष तुल्सा थापा,सदस्य बाबुराम बस्नेत, समाजसेवी कृष्ण बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका उपाध्यक्ष सत्यनारायण थारूको स्वागत मन्तव्य र सरिता थारूको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार ०९:०८