लुदअ कपिलवस्तु, मंसिर २७
कपिलवस्तुको वाणगंगा नगरपालिकाका सबै विद्यालय पुस १ गतेबाट नियमित संचालन हुने भएका छन् । आज सम्पन्न नगर कार्यपालिकाको आकस्मिक बैठकले पुस १ गतेबाट सबै संस्थागत तथा निजी बिद्यालय पहिलेकै समयमा पुर्ण रुपमा संचालन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले अन्य महत्वपूर्ण निणर्यहरु पनि गरेको छ ।
जस अनुसार नदिजन्य पदार्थको ठेक्का सम्बन्धी कार्यबिधी स्विकृत गरेको छ । यससंगै अब टेण्डर खुला हुने छ । मयेर मंगलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकले ९ वटा कार्यबिधी पारित गरेको नगर प्रवक्ता बिष्णु पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिएका छन् ।
जसअनुसार पशु विकास सञ्चालन कार्यविधि २०७७, पशु विकास कार्यक्रम सञ्चालन निर्देशिका २०७७, घरवहाल कर ब्यबस्थापन कार्य विधि २०७७, नदी अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धि कार्य विधि २०७७, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, स्तरोन्नति तथा सरसफाई मापदण्ड सम्बन्धि कार्यविधि २०७७ पारित गरेको छ । त्यस्तै कार्यपालिका बैठकले बाल उद्धार सञ्चालन कोष कार्यविधि २०७७, वाल समुह गठन तथा सहजिकरण निर्देशिका २०७७, सुचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन कार्यविधि २०७७, सार्वजनिक जवाफदेहिता प्रवद्धन सम्बन्धि कार्यविधि २०७७ गरिएको छ ।
कार्यपालिका बैठकमा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।