जन्मदिनमा परिवार विहिन बालवालिकाहरुलाई सहयोग

ByLumbini Darpan Online

२८ मंसिर २०७७, आईतवार १०:३१ २८ मंसिर २०७७, आईतवार १०:३१ २८ मंसिर २०७७, आईतवार १०:३१

लुदस, तौलिहवा
कपिलवस्तुका एक युवाले आज जन्मदिनको अवसर पारेर बाल गृहका बालकहरुलाई न्यानो जुत्ता वितरण गरेका छन् ।

बाणगंगाका युवा व्यवसायी समाजसेवी महेश घिमिरेले जन्मदिनमा फजुल खर्च कटाएर परिवार विहिन बालकहरुलाई न्यानो जुत्ता वितरण गरेको बताए ।

उनले बालगृहमा रहेका २९ जना बालकहरुलाई वितरण गरेका हुन् ।

३३ औ जन्मोत्सवमा यसरी परिवार विहिन बालवालिकालाई सहयोग गरि सXनिय काम गरेको नेपाल वाल संगठन जिल्ला कार्य समितिका सभापती गोपालमणी ज्ञवालीले बताए । कार्यक्रममा वाल गृह तौलिहवाका प्रमुख राम प्रसाद अर्याल, संगठनका सदस्य श्याम सुवेदि , संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *