दिगो शान्ति महिला सहकारीको प्रारम्भिक भेला सम्पन्न

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ,पोखरा ।
दिगो शान्ति महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वार्ड नं.३३ को प्रारम्भिक भेला सम्पन्न भएको छ । समृद्ध ,समुन्नत ,समाबेशी समाज निर्माणका लागि सामुहिक संकल्प भन्ने मुल नाराका साथ पोखरा ३३ र २१ का दिदिबहिनीहरुको आर्थिक बिकास र क्षमता अभिबृद्दि गर्ने मुल आसयका साथ उक्त संस्था स्थापना भएको हो ।

उक्त भेलाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३३ का वडाअध्यक्ष शिव प्रसाद आचार्यले सहकारीले उत्पादनमूलक आत्मनिर्भरमा लाग्नका लागि सहयोगी हुने बिश्वास ब्यक्त गरेका छन् । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय संचालक तथा गण्डकी प्रदेशका संयोजक कमला गिरीले सिमान्तकृत बर्गका महिलाको आर्थिक उत्पादनमा सेवामा तथा पहुँच सुनिश्चितता गरि महिलाको निर्णय क्षमता र नेतृत्व बिकासमा दिगो बिकास सहकारीले महत्वपुर्ण भुमिका गर्ने कुरामा बिश्वास ब्यक्त गरेकी छन् ।उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका संचालक संगिता गौतम तिमिल्सिनाले प्रक्षिणात्मक मन्तब्य राख्दै सहकार्य र सहअस्तित्वको सिद्धान्तको अंगिकारले मात्रै सफल सहकारी संचालक बन्न सकिने बिचार ब्यक्त गरेकी छन् ।

उक्त कार्यक्रममा पोखरा ३३ निर्बाचित महिला सदस्य शान्ति आचार्यले सहकारीका ७ सिद्धान्त अनुरुप चुनौती र अबसर दुबै रहेकाले सकरात्मक सोंचका साथ सामुहिक प्रणालीमा सबैलाई आग्रह गरेकी छन् । उक्त कार्यक्रममा भरतपोखरी बिकास मन्चका अध्यक्ष डिल्लीराम बराल ,माछापुच्छ्रे टोल बिकास संस्थाका अध्यक्ष हरि प्रसाद पौडेल ,अन्नपूर्ण टोल बिकास संस्थाका अध्यक्ष अमर बहादुर थापा , बालादेवी टोल बिकास संस्थाका अध्यक्ष केशब प्रसाद लामिछाने , दुवार आमा समुहका अध्यक्ष रमा आचार्य, युबा समाजसेवी वसन्त चन्द शर्मा लगायतका बक्ताले सहकारी संचालन सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रम नन्दकला आचार्यको अध्यक्षता समाजसुधार आमा समुहका अध्यक्ष सीता आचार्यको स्वागत र पार्बती भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

पोखरा ३३ को ठुलढुङ्गाचोक गण्डकीबेसी मुल अफिस संचालनमा ल्याउने गरि उक्त संस्था अगाडि वढाईने लक्ष्य लिएको छ । उक्त भेलाले रमादेबी आचार्यको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । उक्त समितिको सदस्यमा तिर्थमाया लामिछाने , शान्ति भारती ,निशा गिरी ,ऋषिमाया लामिछाने ,देबी आचार्य ,पार्बती भण्डारी ,देवी गुरुङ ,कल्पना नेपाली ,सुश्मा आचार्य, गोभा भण्डारी ,ईन्दा गौतम ,सिर्जना खनाल ,अनिता रायमाझी र मिना थापा रहेका छन।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार १३:०८