ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको चार नम्बरमा सिटिई भिटि अन्तर्गतका विभिन्न तालिमको उद्घाटन, के के छन् तालिम ?

लुम्बिनी दर्पण २०७७ मंसिर ३०, मंगलवार ११:४९
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर ३०
कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर स्थित सिद्धार्थ ईन्स्टिच्युट र बुद्ध प्रोफेशनल एकेडेमी प्रालिमा सिटिई भिटि सम्बन्धन प्राप्त विभिन्न तालीमहरुको उद्घाटन गरिएको छ । सिद्धार्थ ईन्स्टिच्युटको सभाहलमा आयोजित सिटिई भिटि सम्बन्धन प्राप्त व्यवसाय विकास तथा परामर्श केन्द्र प्रालीद्धारा सञ्चालित निशुल्क तालिमको समुद्घाटन कार्यक्रम मार्फत उक्त तालिमको सुरु गरिएको हो । सिप सिकौँ, आत्मनिर्भ बनौँ भन्ने उद्देश्यका साग सञ्चालन गरिएको उक्त प्याकेज अन्तर्गत निशुल्क मन्टेश्वरी ब्युटीसीयन, टेलरीङ्ख, कम्प्युटर अप्रेटर, डल कुशन, रानीहार बनाउने तालीम सञ्चालन गरिने सिद्धार्थ ईन्स्टिच्युटका सञ्चालक सुशिल खत्रीले बताएका छन् । तालिममा अरु संस्थाले भन्दा कम शुल्क लिने र केहि तालिमहरु निशुल्क रुपमा सञ्चालन गरिने बताईएको छ । ईच्छुकले फारम भर्न सकिने जनाईएको छ ।

समुद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक खत्रीले तालिमहरुको बारेमा जानकारी गराउदै सम्पुर्णलाई ध्यान पुर्वक तालिम ग्रहण गर्न आग्रह गरे । उनले विगत देखिनै सिद्धार्थ ईन्स्टिच्युटले निःशुलक रुपमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आगामि दिनमा पनि सिप सिकि आत्मनिर्भर बनाउने खालका तालिमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आर्थिक समस्याकै कारण कुनै पनि व्यक्ति शिक्षाबाट बञ्चित हुने समस्यालाई अन्त्य गर्न वास्तविक रुपमा आर्थिक स्तर कमजोर भएका व्यक्तिलाई निशुल्क रुपमा अध्यापन गराउने घोषणा समेत गरेका छन् । कार्यक्रमका अध्यक्ष समेत रहेका खत्रीले हामी जागिरको भर भन्दा सिक सिकि आत्मनिर्भर बन्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै कम्प्युटर अप्रेटर सम्बन्धि सम्पुर्ण तहहरुको बारेमा बुद्ध प्रोफेशनल एकेडेमी प्रालिका सञ्चालक जिवराज भट्राईले परामर्श दिएका थिए । उनले हामी आधुनिक प्रविधिमा पछाडि परेकोले सामान्य काम गर्न पनि अरुको भर पर्नु अहिलेको समस्या भएकोले ईच्छा शक्ति सहित लागेमा पक्कै सफल भईने बताए ।

त्यस्तै अर्का सञ्चालक लक्ष्मण सापकोटाले तालिम लिनुभएका सम्पुर्णलाई राम्रोसंग तालिममा सहभागि भएका कम्तिमा मासिक २० हजार आम्दानी गर्न सक्ने क्षमताको विकास गर्ने घोषणा गरे ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश सांसाद विष्णु पन्थीले सिप सिकेर आत्मनिर्भर बन्नु सबैभन्दा महानता रहको भन्दै सम्पुर्णलाई ध्यान दिएर तालिम लिन आग्रह गरे । उनले निश्चित समयमा मात्र तालिम लिएर मात्र नहुने भन्दै सिकेका कुरालाई उत्पादनशिल तथा आर्थिक स्तर उकास्ने खालका क्रियाकलापमा जोड्न आवश्यक रहेको बताए । सांसद पन्थीले दुवै शैक्षिक संस्थाले गरेका कार्यहरु आवश्यक र उदाहरणिय रहेको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जीसीले तालिम तालिममा मात्र सिमति गराउने प्रचलन रहेको त्यसो नगर्न आग्रह गरे ।

अर्का विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष वाल कुमारी पन्त अधिकारीले पुरुषको तुलनामा महिला पछाडि परेकाले अब महिलाहरु पनि आत्मनिर्भर बन्न आवश्यक रहेको बताईन् । उनले वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्टेश्वरी तालिमको बारेमा शिक्षीका लक्ष्मी पोखे्रल, ब्युटीसियन तर्फ चित्रा पौडेल, टेलरीगं तर्फ अनु चौधरी, डलकुशन तर्फ शितल लुइटेलले प्रशिक्षण दिने बताइएको छ ।

सिद्धार्थ ईन्स्टिच्युटका सञ्चालक सुशिल खत्रीको अध्यक्षता, दुवै शैक्षिक संस्थाका सञ्चालकहरु, शिक्षक, शिक्षिका, तालिम लिन ईच्छुक लगायतको उपस्थिती, बुद्ध प्रोफेशनल एकेडेमीका सञ्चालक जिवराज भट्राईको स्वागत तथा अर्का सञ्चालक लक्ष्मण सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर ३०, मंगलवार ११:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech