राष्ट्रिय संगीतकर्मी संघ प्युठानको अध्यक्षमा सुनार

लुदस,प्युठान ।
राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय महाधिबेशन नजिकिदै गर्दा यति खेर जिल्ला तथा प्रदेशका अधिबेशनहरु भैरहेका छन् । यसै सन्दर्भमा आज लुम्बिनी प्रदेशको प्युठान जिल्लाको पहिलो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट प्युठान जिल्ला समितिको अध्यक्षमा लोकेन्द्र सुनार चयन भएका छन् । आज भएको पहिलो अधिबेशनबाट लोकेन्द्र सुनारको अध्यक्षतामा १३ सदस्सिय नयाँ कार्य समिति चयन भएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा रिख बहादुर सामत, प्रथम उपाध्यक्षमा राजबहादुर नेपाली, महिला उपाध्यक्षमा संगिता नेपाली, सचिवमा रविन्द्र सुनार,, कोषाध्यक्षमा देविलाल बिश्वकर्मा, र प्रवक्तामा खकेन्द्र रावल चयन भएका छन् भने सदस्यहरुमा मुना के.सी.,बालकृष्ण भट्ट,बेगिमाया के.एम.,बिन्दु परियार,प्रकाश बस्नेत रहेका छन् बाँकी सदस्य पछि चयन गरिने अध्यक्ष सुनारले बताएका छन् ।

यसै गरी आज नै बसेको कमिटीको पहिलो बैठकले तुकमान सिंह कार्कीको संयोजकत्वमा ४ सदस्सिय सल्लाहकार समिति गठन गरेको छ जसको सदस्यमा निर्मला दास नकर्मी,यादव भण्डारी,राममणी थापा रहेका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *