वाणगंगा २ वडा कार्यालयद्धारा ११ जना स्वयंसेवीकालाई साईकल वितरण

ByLumbini Darpan Online

३० मंसिर २०७७, मंगलवार १४:४६ ३० मंसिर २०७७, मंगलवार १४:४६ ३० मंसिर २०७७, मंगलवार १४:४६

हरि आचार्य कपिलवस्तु, मंसिर ३०
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ वडा कार्यालयले महिला स्वयंसेवीकाहरुलाई साईकल वितरण गरेको छ । वडाका महिला स्वयंसेवीकाहरुलाई सम्मान पत्र सहित साईकल हस्तान्त्रण गरिएको वडा कार्यालयले जनाएको छ । वडाको आर्थिक बर्ष २०७६/७७ को महिला लक्षित वर्गको कार्यक्रम अनुसार ११ जना महिला स्वयंसेवीकाहरुलाई साईकल वितरण गरिएको हो ।

सर्वसाधारणको स्वास्थ्यमा खटिएका स्वयंसेवीकाहरुको समस्यालाई मध्यनजर गर्दै साईकल प्रदान गरिएको वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् । कार्यक्रमका अध्यक्ष समेत रहेका पौडेलले वडाले महिला लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए । उनले भौतिक विकास निर्माणले मात्र वडा संवृद्ध नहुने भन्दै हरेक पक्ष अगाडि बढाईएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख चक्रपाणि अर्यालले प्रत्यक्ष सर्वसाधारणको स्वास्थ्यमा स्वयंसेवीकाले विशेष योगदान पु¥याएको बताए । खासगरी गर्भवती महिला र शिशु मृत्युदर कम गर्न स्वंसेवीकाले वाल मृत्युदर कम गर्न उनीहरुको अहम भुमिका रहेको बताए । उनले नगरपालिकाले पनि उनीहरुको आर्थिक स्तर उकास्न विभिन्न कार्यक्रम गरिरहेको बताए ।

कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती, कार्यपालिका सदस्य टिका कुमारी अधिकारीको स्वागत तथा वडा सचिव नरेन्द्र पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *