कपिलवस्तुको बुद्धभूमिमा सम्पन्न रक्तदान कार्यक्रममा १ सय ४ प्वाईन्ट रगत संकलन

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुष ४
‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा एक दिवशिय रक्तदान शिविर सम्पन्न भएको छ । श्री सुर्य बहुउद्देशीय सहकारी संस्था लिमिटेड बुढ्डी र विगतका बर्ष देखि निरन्तर रुपमा मानविय तथा सामाजिक कार्य गर्दै आएको रोट्रयाक्ट क्लव अफ बुद्धभूमिको संयुक्त आयोजनमा सम्पन्न रक्तदान शिविरमा १ सय ४ प्वाईन्ट रगत संकलन भएको रक्तदान कार्यक्रम संयोजक रोम बहादुर थापाले जानकारी दिएका छन् । कार्यक्रममा बुद्धभूमि नगरपालिकाको लागत सहभागिता तथा रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रम संयोजक रोम बहादुर थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केशव कुमार श्रेष्ठले विशुद्ध मानवीय कार्य रहेकोले सबैलाई रक्तदान गर्न आह्वान गरे ।

रोट्रयाक्ट क्लव अफ बुद्धभूमिका सचिव शिव खनालले क्लवले विगतका बर्ष देखि निरन्तर रुपमा मानवीय तथा सामाजिक कार्य गर्दै आएको र आगामि दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले देशभर रगतको अभाव भईरहेको अवस्थामा एक पोका रगतले कसैको जिवन बचाउन सकिने भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरे । सचिव खनालले रक्तदान प्रति रहेको भ्रमको पछि नलागि रक्तदान गर्दा कुनै असर नपर्ने बरु स्वस्थ भएको प्रमाणित हुने बताए ।

त्यस्तै कार्यक्रम सफल पार्न अहम भुमिका खेल्नुभएका समाजसेवी रुपेश कुमार श्रेष्ठले रक्तदान अत्यन्तै मानवीय तथा सामाजिक कार्य रहेकाले कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।

सहकारीका अध्यक्ष मुरलीधर घिमिरेको अध्यक्षता, नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, समाजसेवी रुपेश कुमार श्रेष्ठ लगायत सहकारी र क्लवका पदाधिकारी तथा रक्तदाताको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ पुष ५, आईतवार ०३:२७