बाणगंगा नगरपालिका वडा नंं ११ द्धारा वालवालिकालाई न्यानो कपडा वितरण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुस १३

युग र वडावासीको मागलाई मध्यनजर गर्दै अगाडि बढेको कपिलवस्तुको बाणगंगा नगरालिका वडा नं. ११ वडा कार्यालयले चालु आर्थिक बर्षमा नगरमै पहिलो पटक वडाका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाका सामुदायिक विद्यालयका जेहेनदार, असहाय तथा अपांग विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप एक/एक सेट ट्रयाक सुट वितरण गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले लुम्बिनी दर्पणलाई जानकारी दिए । वडाको निर्देशन अनुसार विद्यालयले छनोट गरेका गरिव, विपन्न तथा अपांग ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष २०७७/७८ को लक्षित वर्गको कार्यक्रम अनुसार १ लाख ५० हजार बजेटबाट उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वालवालिकालाई न्यानो कपडा वितरण गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै लक्षित वर्गका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाईएको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका अर्यालले वालवालिकाहरुको खोप, प्रजनन्, शिक्षा, स्वास्थ्य लागयतका पक्षमा विशेष ध्यान दिई व्यबस्थापन गर्ने दायित्व रहेको जनप्रतिनिधिको रहेको भन्दै विभिन्न कार्यक्रम ल्याएको बताए । सोहि अन्तर्गत वालवालिकालाई चिसोबाट बचाउनका लागि न्यानो कपडा वितरण गरिएकोले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

न्यानो कपडा पाएसंगै वालवालिकाहरुले धन्यवाद दिंदै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष अर्यालको अध्यक्षता, वडा सदस्य जगनारायण थारु, ईमकला खत्री, साबित्रा विक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटि अध्यक्ष मधु बेल्बासे, वडाका कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।

संचारकर्मी वडावासी, वालवालिकाहरुको सक्रिय सहभागिता, वडा सदस्य वाजबुलनयन शाहको स्वागत मन्तब्य तथा वडा सचिव राम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ पुष १३, सोमबार ०८:४२