नेकपा भित्र सहमतिको सम्भावना जिवितै छ ः मुख्यमन्त्री पोखरेल

[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु १४ पुस ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटि सदस्य शंकर पोख्रेलले नेकपा भित्र सहमतिको सम्भावना जिवितै रहेको बताएका छन् । उनले फुटको संघारमा पुगेका दुई समुह विच पुनः एकताका लागि तिन वटा शर्त अघि सारेका छन् । जस अनुसार पहिलो शर्त निर्वाचनलाई स्वीकार्नु पर्ने , दोस्रो पार्टी ओली माथी गरिएको कारवाहि फिर्ता गर्नु पर्ने , तेस्रो कमिटिमा प्रस्तुत आरोप पत्र फिर्ता हुनु पर्ने बताएका छन् ।
मंगलवार कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ बुद्धभुमी क्याम्पसमा आयोजित भेलाको सम्वोधन गर्दै दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको दस्ताबेजका कारण पार्टी फुटको संघारमा आएको बताएका छन् । हामीले कसैलाई कारबाही गरेका छैनौ । त्यसैले हामी विभाजनको पक्षमा छैनौ । उनीहरुले प्रधानमन्त्रीलाई गरेको आरोप पत्र फिर्ता लिने र चुनावमा भाग लिन मन्जुर गर्ने हो भने फेरी सँगै हिड्न सक्ने अवस्था आउने सक्ने दाबी गरेका छन् । उनले प्रचण्ड माधव पक्षलाई विभाजनका गतिविधि बन्द गरी एकताका पक्षमा लाग्न समेत आग्रह गरेका छन् ।

मुख्यमन्त्री पोख्रेलले संसद विघटन अगाडी प्रचण्ड सँग सहमतिका लागि प्रयास गरेको समेत बताएका छन् । उनीहरु सँग सहमतिका लागि तिन विकल्प प्रस्तुत गरेका थियौ । कुनै विकल्पमा मान्न तयार भएनन् । पहिला विकल्पको रुपमा दुबै बिच सहमती गरी अधिवेशन गरी प्रथम अध्यक्षलाई बिदा गराई, ५ वर्ष सरकार चलाउन दिने रहेको थियो ।

दोस्रो विकल्पमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि चुनावी सरकारले नेतृत्व लिन तयार बन्न आग्रह गरिएको थियो । अन्तिम विकल्पको रुपमा तेस्रो व्यक्ति प्रधानमन्त्री बनाउनका लागी नेता वामदेव गौतमलाई अगाडी सार्ने र त्यसका लागि नेता गौतमलाई चुनावमा पठाउन अनुरोध गरेको बताएका छन् । उनले ३ विकल्प नमानी बाहिरबाट प्रस्ताव ल्याउने कोसिस गर्दा नेकपा भित्र संकट आएको बताएका छत् ।

मुख्यमन्त्री पोख्रेलले जारी आन्दोलन प्रति इंगित गर्दै देशमा जारी भएको आन्दोलन, आन्दोलन नभई चुनावको तयारी रहेको संज्ञा दिएका छन् । सुरुमा आन्दोलन काठमाडौं केन्द्रित भयो । अहिले जिल्लामा आई पुगेको छ । अव केही समय पछि गाउँमा पुग्छ । आन्दोलन गाउँमा पुग्ने भनेको भोट माग्न भएकाले कोही पनी भ्रममा पर्न नहुने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नेकपा एक ढिक्का रहेर अगाडी बढेको बताएकी छन् । नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन गरेका छैनौ । केही साथीहरु सडकमा विरोध गर्न गएका छन् । विरोध गर्न जाने साथी जनताका लागि नभएर पदको लागि बिरोध गरेको बताएकी छन् ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु बलराम अधिकारी, झविलाल पोख्रेल, डम्बर शर्मा, शान्ति देवी हरिजन, लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सभापति दीर्घ नारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन बहादुर के.सी. , शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी , वाणगंगा नगरका उपमेयर चक्रपाणी अर्याल जिल्ला कमिटि सदस्य नरहरी आचार्य लगायतले कार्यकर्तालाई निर्वाचनमा लाग्नका लागि अनुरोध गरेका थिए ।


प्रकाशित : २०७७ पुष १४, मंगलवार १५:१७