भैरहवास्थित पार्टी कार्यालय आइसोलेशन निर्माणको लागि दिने कांग्रेस रुपन्देहीको निर्णय

ByLumbini Darpan Online

२४ बैशाख २०७८, शुक्रबार १०:३३ २४ बैशाख २०७८, शुक्रबार १०:३३ २४ बैशाख २०७८, शुक्रबार १०:३३

बुटवल, बैसाख २४ ।

नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने भएको छ ।कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडी २ वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्ड सहितको भवन रहेको छ । दुई तले कार्यालयमा ६०(७० बेड राख्न मिल्ने अवस्था छ ।

उक्त भवन आइसोलेशन निर्माणको लागि स्थानीय, प्रदेश, संघीय सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहेको खण्डमा तत्काल प्रयोगमा दिने व्यवस्था मिलाइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नागरिक अनलाईनलाई बताए ।

‘कोरोना महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिरहेको छ, अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको बेला हाम्रो कदमले बिरामीलाई राहत हुनेछ । ’रज्जाकले सुनाए ।

उनले सरोकारवाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गम्भिर बन्न आग्रह समेत गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *