गुल्मीमा जेठ ४ सम्म थपियो निषेधाज्ञा,

ByLumbini Darpan Online

२४ बैशाख २०७८, शुक्रबार ११:४७ २४ बैशाख २०७८, शुक्रबार ११:४७ २४ बैशाख २०७८, शुक्रबार ११:४७

वैशाख २४,

कोरोना संक्रमणको संख्या बढदै गएपछि गुल्मी जिल्ला प्रशासन कार्यालयले १० दिन निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पहिले शुक्रबारसम्म निषेधाज्ञा गरेको थियो । शनिबारदेखि जेठ ४ गतेसम्म दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्न पाइनेछ । तम्घास र गाउँमा रहेका बैंक सबै बन्द गरिएको छ । मानवीय र आकस्मिक समस्यामा भने सहजीकरण गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *