बाणगंगा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा निःशुल्क एम्बुलेन्स सेवा दिने

ByLumbini Darpan Online

२४ बैशाख २०७८, शुक्रबार १४:१६ २४ बैशाख २०७८, शुक्रबार १४:१६ २४ बैशाख २०७८, शुक्रबार १४:१६

लुदअ कपिलवस्तु, बैशाख २४
कपिलवस्तुको बाणगंगा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । नगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल वा आइशोलेसन सेन्टरसम्म ल्याउन र लैजान लाग्ने शुल्क नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।आज कपिलवस्तु उद्योग बाणिज्य सघंको भवनमा बसेको बैठकले नगरपालिका भित्रका ६ वटा एम्बुलेन्समध्ये पिपरा अस्पतालको एम्बुलेन्सलाई कोरोना संक्रमितको उपचारमा निशुल्क लगाउने र अन्य ५ एम्बुलेन्सलाई मातहत्तमा ल्याई सम्र्पकमा रहन र बढि रकम असुलेको पाइएमा कारबाही समेत गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताए ।

यसैबिच बाणगंगा नगरपालिका वडा नं. २ का अध्यक्ष तथा नगरका प्रवक्ता बिष्णु पौडेल संयोजक रहने गरि नगर भित्रका अन्य ५ एम्बुलेन्स सञ्चालन गर्दै आएका सस्थाका अध्यक्ष तथा प्रमुख सदस्य रहने गरि एम्बुलेन्स ब्यवस्थापन समिति गठन गरिएको छ ।साथै बैठकले नगरपालिका भित्रका सबै क्षेत्रबाट अक्सीजन सिलिण्डर ग्यास जम्मा गर्ने कार्यलाई थप तिव्रता दिने र एकद्धार प्रणालीबाट बितरण गर्ने निर्णय गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *