
लुदअ कपिलवस्तु, वैशाख २४
कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्वाव संकलन गरि जाँच गरिएका मध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन परिक्षण मार्फत जाँच गरिएका ४१ जना मध्ये २६ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।आज थपिएका मध्ये सबैभन्दा बढी वडा नम्बर ४ का रहेका छन् ।
वडा नम्बर ४ मा ६ पुरुष र ४ महिला सहित १० जना संक्रमित थपिएका छन् । यस्तै वडा नम्बर ८ मा ५ पुरुष र ४ महिला गरि ९ जना, वडा नम्बर ७ र ११ मा २/२ जना पुरुष, वडा नम्बर ९, ५ र १ मा १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले पुष्टि गर्नुभयो ।आज थपिएका सहित नगरपालिकामा १६१ सक्रिय केस रहेको छ । वाणगंगामा समुदायमै कोरोना फैलिएकाले विशेष सावधानी अपनाउन स्वास्थ्य शाखा प्रमुख पौडेलले आग्रह गर्नुभयो ।अहिले बाणगंगाको आइसोलेशनमा ४ जनाले उपचार गराई रहेका छन ।
उनिहरुको अवस्था सुधारन्मुख रहेको उहाले बताउनुभयो । यस्तै वैशाख २२ गते १३२ जनाको स्वाब सकंलन गरिइएकोमा उनिहरुको रिर्पोट भने अझै आएको छैन् । यस्तै बुटवल बेड नपाएर फर्किएका ४ जना कोरोना संक्रमितको वाणगंगामा उपचार भएको छ । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार उनिहरुको वाणगंगाको आइसोलेसनमा राखेर उपचार गरिएको हो ।