कपिलवस्तुमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु, थप ७६ जनामा संक्रमण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, २८ बैशाख
कोरोना संक्रमणबाट कपिलवस्तुमा एकैदिन ७ संक्रमितको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार एकैदिन ७ संक्रमितको ज्यान गएको हो । मृतक मध्ये एक जनाको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा मृत्यु भएको हो भने एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

यस्तै एकजनाको अक्सिजन अभावमा एम्बुलेन्स मै ज्यान गएको घिमिरेले पुष्टि गर्नुभयो । अन्यको भने जिल्लाका विभिन्न आइसोलेसनमा ज्यान गएको हो । यस्तै आज मंगलबार जिल्लामा थप ७६ संक्रमित थपिएका छन् भने ४२ जना निको भएका छन् ।

उनीहरु केही होम आइसोलेसन र केही जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् । हालसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ भने ११ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।


प्रकाशित : २०७८ बैशाख २८, मंगलवार १३:५४