
लुदअ कपिलवस्तु, २८ बैशाख
कपिलवस्तु अस्पाललाई ४० हजार नगद र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । रोयल थाई मोनास्ट्री, लुम्बिनी स्वर्णभुमी र वाट थाई कपिलवस्तु निग्रोधरामले सो उपलब्ध गराएको हो । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको पहलमा अस्पतालालईं सो सामाग्री दिइएको हो । रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले अस्पतालका ब्यवस्थाक रत्नाकर शुक्लालाई सो नगर र सामाग्री हस्तान्तरण गरेका थिए ।
पिपिई ६८ सेट, सर्जिकल मास्क ७ सय पिस, ग्लोब्स २ प्याक, सनीटाईजर ३ ग्यालन, फेस सिल ३० वटा र पानी ५० कार्टुन उपलब्ध गराइएको हो । कोरोना संक्रमितको उपचारमा सहजातकालागि आफुहरुले सो सामाग्री उपलबध गराएको भिक्षु सुपोतले बताए । उनले अस्पताललाई थप सहयागे गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।
कोषका सदस्य ज्ञवालीले संटकमा बेला मोनास्ट्रीले अस्पतालाई सहयोग गरेको आभार ब्यक्त गरे । उनले अस्पतालाई थप यहोग जुटाउन पहल गर्ने बताए ।