पत्रकार महासंघमा रुपन्देही पत्रकार कोरोना तथा आपतकालिन कोषमा साढे ७ लाख जम्मा

[sharethis-inline-buttons]

 

बुटवल, बैशाख ३० ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ । रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन । कोषमा स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । उनका अनुसार साँढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए । महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाईन बैठकले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको थियो । कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताए । कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केहि हदसम्म भएपनि कोष मार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताईन । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए । उनका अनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ । कोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम केहि दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए । पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ । कोषमा जम्मा गर्न चाहनेले शाइनरेसङु्गा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बरमा ००१००१००००५०३३०००००१ जम्मा गर्न अपिल गरेको छ ।


प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार ०८:३२