महामारीसँग जुध्न नेपाललाई अमेरिकाद्वारा करीब ३२ करोड सहयोग घोषणा

अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरू उपलब्ध गराउन नेपाल सरकारलाई थप २७ लाख ५० हजार अमेरिकी डलर (करीब रू.३२ करोड) बराबरको सहयोग घोषणा गरेको छ । नेपालमा कोभिड–१९ को महामारी थप चर्किँदै गएपछि कमान्डले बिहीबार थप सहयोग घोषणा गरेको हो। सन् २०२० को अप्रिलयता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को उपचार तथा व्यवस्थापनको लागि ५८ लाख डलर (करीब रू.६७ करोड) बराबरको सहयोग गरेको जनाएको छ । यो सहयोग रकम अन्तर्गत पीपीई, आइसोलेसन सेन्टरका सामग्री, अक्सिजन, विभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान रहेको जनाएको छ । योसँगै यूएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभिड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर (करीब रू.५ अर्ब ९८ करोड) बराबरको भएको जनाइएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *