हामी नेपाली ग्लोवल संस्था राहत तथा सहयोगमा सक्रिय

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था यति वेला राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेको छ । अहिले बिश्व समुदायनै कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमणबाट ग्रसित भैरहेको बेला छिमेकी राष्ट्र भारत लगायत नेपालमा पनी यसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

यसै बिच हामी नेपाली ग्लोवल र राष्ट्रिय संगीतकर्मी संघको समन्वयमा आज मध्यपुर ठिमीमा रहेको ओम बृद्धाआश्रममा रहेका जेष्ठ नागरिकहरुका लागी मेडिकल सामाग्रीहरु माक्स, सेनिटाइजर,बिस्कुट, दाल, चामल लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको हामी ग्लोवल नेपालका अध्यक्ष अमृत लामाले बताएका छन् । यसै गरी सिन्धुपाल्चोकमा रहेका ५५ जना विपन्न र असहाय मानिसहरुका लागी दाल, चामल, सोयाविन,नुन लगायका समाग्री हस्तान्तरण गरिएको अध्यक्ष लामाले बताएका छन् ।

यसै बिच राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपत व्यवस्थापन समितिका संयोजक बिक्रम जंग शाह र हामी नेपाली ग्लोवलका अध्यक्ष अमृत लामा को नेतृत्वमा आइतबार निरन्तर रुपमा जनताको जीवन रक्षाको निम्ति अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,भोक र अभावले जीवन गुजारी रहेका आम सर्वसाधरण मानिसहरुलाई मेडिकल सामाग्री र खाद्यान्न सहयोग गरिएको संयोजक शाहले बताएका छन् ।

यस्तो महामारीको अवस्थामा सबै जना सुरक्षित रहन आग्रह गर्दे यदी कसैलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्नको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न शाहले अनुरोध समेत गरेका छन् ।


प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १५:२३