ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शरीरमा अक्सिजनको मात्रा सन्तुलन राख्ने उपाय

लुम्बिनी दर्पण २०७८ बैशाख ३१, शुक्रबार ०९:२९
[sharethis-inline-buttons]

साभार – उज्यालो समाचार

अक्सिजनलाई आयुर्वेद र परम्परागत भाषामा प्राण वायु भनेर बुझ्न सकिन्छ । जीवन र मृत्युको बीचमा रहेको वस्तु नै प्राण हो । यही प्राण जोगाउनका लागि आवश्यक पर्ने हावालाई प्राण वायु भनिन्छ । प्राण वायुको महत्व यसको शब्दबाट पनि स्पष्ट हुन्छ । मुख्यतया अक्सिजन वातावरणबाट नै पाइन्छ । तर ९२ प्रतिशत व्यक्तिले प्रदूषित हावा लिइरहेका विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

हामीले श्वास फेर्दा वातावरणमा भएको अक्सिजन फोक्सोको माध्यमबाट शरीरभित्र पुग्छ । शरीरभित्र गएर शक्ति दिने लगायतका सबै काम सकेर फेरि कार्बनडाइअक्साइडको रुपमा बाहिर फर्कन्छ । शरीरभित्र अक्सिजन पुर्याउने र फेरि कार्बनडाइअक्साइडको रुपमा बाहिर फाल्ने काम फोक्सोको मद्दतमा हुन्छ ।

फोक्सोमा समस्या भएमा प्राकृतिक रुपमा रहेको अक्सिजनलाई शरीरमा छिराउन नसक्ने भएकाले अक्सिजनको मात्रा घट्छ । स्याँस्याँ हुने, निमोनिया, टिबी लगायतका रोगहरुले फोक्सोमा असर गर्छ र आवश्यक पर्ने जति अक्सिजन शरीरमा पुर्याउन सक्दैन ।

कोरोना भाइरसले सबैभन्दा धेरै फोक्सोमा असर गर्छ
कोरोना भाइरसले पनि सबैभन्दा धेरै असर गर्ने भनेको फोक्सोमा हो । फोक्सोमा असर परेपछि आवश्यकता अनुसार प्रकृतिमा रहेको अक्सिजनलाई शरीरभित्र पुर्याउनका लागि असक्षम हुन्छ । जसको कारण शरीरमा अक्सिजनको मात्रा घट्छ ।

अहिले हामीले कोरोना भाइरस भन्ने शब्द सुनिरहेका छौँ । कोरोना भाइरस संक्रमण सुरु हुनुभन्दा अगाडिको समयमा र कोरोना पछिका समयमा पनि शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । वातावरण प्रदूषण्, धुलोधुवाँको मात्रा वातावरणमा धेरै हुनु र फोक्सोले सन्तुलित रुपमा काम गर्न नसक्दा अक्सिजनको मात्रा शरीरमा घट्न सक्छ ।

कोरोना भाइरस संक्रमणले फोक्सो खराब गर्ने भएकाले शरीरमा अक्सिजनको मात्रा कम हुने गरेको हो ।

फोेक्सोलाई प्राकृतिक रुपमा राख्नका लागि वातावरण सफा र स्वच्छ राख्नुपर्छ । जसले गर्दा वातावरणमा भएको अक्सिजन शुद्ध हुुन्छ । अर्को भनेको वृक्षरोपण गर्नुपर्छ । पहिला पहिला हाम्रो गाउँघरमा स्वामी, पिपल, बर लगायतका रुख रोप्ने चलन थियो ।

उहिलेका मानिसहरु दूरदर्शी भएकाले भविष्यमा वातावरणमा अक्सिजनको मात्रा बढाउन भूमिका खेल्ने र २, ३ सय वर्षसम्म आयु हुने यस्ता बोटबिरुवा रोप्ने गर्थे ।

शरीरमा अक्सिजनको मात्रा सन्तुलनमा राख्न के गर्ने रु
शरीरमा अक्सिजनको मात्रा सन्तुलित रुपमा राख्नका लागि फोक्सोलाई जोगाउनु पर्छ । वातावरण स्वच्छ राख्ने, वृक्षारोपण गर्ने लगायतका कामले दीर्घकालीन रुपमा फाइदा पुर्याउने भए पनि अहिलेको आवश्यकता भनेको तत्कालका लागि शरीरमा अक्सिजनको मात्रा बढाउनु हो । त्यसका लागि फोक्सोलाई नियमित राख्ने कोसिस गर्नुपर्छ ।

विभिन्न खालका जडिबुटीले फोक्सोलाई विकृत बनाउनबाट रोक्न सक्छ । त्यस्ता जडिबुटीको प्रयोगले फोक्सो बिगार्ने खालका रोगहरुलाई कम गराउनुका साथै फोक्सो बचाउनका लागि सहयोग पुर्याउँछ । अक्सिजनको मात्रा घट्दै गएर सुन्निएको फोक्सोलाई सामान्य राख्नका लागि सहयोग पुर्याउँछ ।

अहिलेको अवस्थामा अरु केही नसके पनि हाम्रो भान्सामा पाइने कुराहरु जस्तै, तीन, चार वटा दालचिनी, अलिकति बेसार र चार, पाँचवटा तुलसीको पातलाई पकाएर बिहान र बेलुका एक÷एक कप खान सकिन्छ ।

लक्षण बिनाको कोरोना संक्रमण भएर घरमै बसेका र अरु व्यक्तिले पनि खाँदा राम्रो हुन्छ । यसले फोक्सोलाई नोक्सान हुनबाट रोक्छ । यसो भन्नुको अर्थ शरीरमा एक्कासी अक्सिजनको मात्रा घटेमा पनि यही चिज खाएर बसेर हुँदैन । फोक्सो बिग्रन नदिनका लागि गरिने यो एउटा उपाय मात्रै हो ।

अहिलेको अवस्थामा मात्र नभई रुघा लागेको बेलामा पनि दिनमा एक पटक दुई वटा पात असुरो, बेसार र पिप्ला २ दाना हालेर पकाएर दिनको एक गिलास खाए पनि शरीरलाई फाइदा पुर्याउँछ । यसरी नियमित रुपमा पिउनाले फोक्सोमा हुने खराबीलाई कम गर्न सहयोग पुर्याउँछ । यसले शरीरमा अक्सिजन शोषण गर्न सक्ने क्षमताको विकास हुन्छ ।

प्राणायाम गरौं
प्राणायामले हाम्रो फोक्सोलाई मजबुद बनाउन मद्दत पुर्याउँछ । यो तीन तरिकाले गर्न सकिन्छ । पहिला श्वासलाई भित्र तान्ने । यसो गर्दा विस्तारै लामो श्वास लिनुपर्छ । त्यसपछि लामो तानेको श्वासलाई रोकिराख्नुपर्छ । जतिसक्यो लामो समय रोकिराख्नुपर्छ ।

स्वस्थ व्यक्तिले ३०, ४० सेकेन्डदेखि १ मिनेटसम्म रोकिराख्न सक्छ । फोक्सोको रोगी छ भने उसले १० सेकेन्ड अथवा २० सेकेन्डसम्म रोक्न सक्छ । त्यसपछि बिस्तारै श्वास छोड्नुपर्छ । बिहान र बेलुकाको समयमा पाँचरपाँच मिनेट यस्तो प्राणायाम गरेमा फोक्सोको लागि एकदमै राम्रो हुन्छ ।

अरु कुरामा हामी धेरै सचेत छौँ । शारीरिक अभ्यासहरु गरिरहेका हुन्छौँ । त्योसँगै फोक्सोको ख्याल गर्न पनि यस्ता खालका खानपीन र योगाभ्यासमा ध्यान दिनुपर्छ ।

शरीरमा अक्सिजनको मात्रा ९२ देखि ९५ को बीचमा छ भने यस्ता क्रियाकलापहरु गर्न सकिन्छ । तर अक्सिजनको मात्रा ९०, ९२ भन्दा पनि कम छ भने जतिसुकै व्यायामहरु गरे पनि काम गर्दैन ।
९० को आसपासमा अक्सिजनको मात्रा आइसकेको छ भने तुरुन्त घोप्टो परेर सुत्नुपर्छ । त्यसरी सुत्दा २ देखि ५ मिनेट भित्र अक्सिजनको मात्रा केही बढाउन सकिन्छ ।

तर अक्सिजन चाहिने अवस्थामा आइसकेका व्यक्तिहरुलाई बाफ लिएर, जडीबुटी खाएर वा सुँघेर हुँदैन । ९० वा ९२ भन्दा तल अक्सिजनको मात्रा पुगेको बेला मेरो फोक्सोले बाहिर भएको अक्सिजनलाई कुनै पनि रुपमा भित्र लगेर ब्लड सर्कुलेशन गराउन सक्दैन भनेर बुझ्नुपर्छ ।

अस्पतालको बेड कतै पाइएको छैन र अक्सिजनको मात्रा ९५ भन्दा कम भइसकेको अवस्थामा गर्नुपर्ने पहिलो काम भनेको घोप्टो परेर सुत्नु हो । घोप्टो परेर छातीलाई दबाब दिएर सुत्नुपर्छ । आवश्यकता परेमा पेट वा छातिमा सिरानी राखेर सुत्न सकिन्छ । अरु केही जानेको छैन भने जहाँ बेड भेटिन्छ त्यहाँ घोप्टो परेर सुत्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

अक्सिजनको मात्रा सामान्य अवस्थामा आइसकेको छ भने नियमित रुपमा प्राणायाम गरेमा हाम्रो फोक्सोलाई प्राकृतिक रुपमा सामान्य अवस्थामा आउन पनि मद्दत गर्छ । तर अक्सिजनको मात्रा ९० भन्दा घटिसकेको छ भने स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल नै जानुपर्छ ।

 

(आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँग गरिएकाे कुराकानीमा आधारित)

साभार – उज्यालो समाचार

 


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार ०९:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech