बरालको स्मृतिमा अक्षयकोष रकम हस्तान्तरण

[sharethis-inline-buttons]

लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा नगरपालिका ७ निवासी सुर्य वराल र छोरीहरुले स्व. पार्वति बरालका नाममा अक्षय कोष स्थापना गरेका छन् ।
सुर्य बरालकि श्रीमती स्व. पार्वती वरालको ४५ औ दिनको अवसर पारेर आज बाणगंगा ७ बनगाईमा रहेको शिवालय मन्दिरलाई १५   हजार रकम मन्दिरका अध्यक्ष शिवचन्द्र आचार्यलाई प्रदान गरेको मंन्दिर व्यवस्थापन समितिले जनाएको छ । छोरी सुस्मिता र समिक्षा सहित सुर्य वराल रकम हस्तान्त्रण गर्न आचार्यकहाँ पुगेका हुन् ।


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार १०:१३