बरु म हिडेरै काम गर्छु तर महामारी भर गाडी विरामीको लागि दिन्छु : अध्यक्ष थापा

ByLumbini Darpan Online

३१ बैशाख २०७८, शुक्रबार ११:०९ ३१ बैशाख २०७८, शुक्रबार ११:०९ ३१ बैशाख २०७८, शुक्रबार ११:०९

हरि आचार्य, कपिलवस्तु
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिम दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा विभिन्न स्थानीय तहले सक्रियता पुर्वक काम गरेका छन् । संक्रमितलाई अस्पताल सम्म पु¥याउन कठिन भईरहेको बेला जनप्रतिनिधिहरुले आफु चढ्ने गाडी नै प्रयोग गर्न थालेका छन् ।

सोहि क्रममा कपिलवस्तुको बिजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जनताको सेवाको लागि आफ्नो सवारी एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् । गत बर्ष समेत आफ्नो गाडि सुरक्षाकर्मीहरुलाइ दिएर कोरोना रोकथाममा अध्यक्ष थापा लागि परेका थिए । साथै जिल्ला अस्पतालमा बिजयनगरका १ जना बिरामी अक्सिजन नपाएर ज्यान गुमाए पछि तुरुन्त ब्यवस्थापनका लागि रु ५ लाख सहयोग गरेका थिए ।

बरु आफु हिडेंरै भए पनि आफ्नो काम गर्ने तर आफु चढ्ने गाडी भने महामारी भर विरामीहरुको ओसारपोसारमा प्रयोग गर्ने अध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गरे ।

अहिले गाउँँपालिकाले बिद्यालयका शिक्षकहरुलाइ टोलटोलमा कोरोना रोकथामका लागि सचेतना तथा अवस्था बुझ्न खटाउने गरेको प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले जानकार दिए ।

गाउँपालिकाका जनप्रतिनिधिको कोरोना रोकथामका लागि गरिरहेको प्रयास प्रशंसनिय रहेको गाउँपालिकावासीले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *