
कपिलवस्तु ३१ बैशाख । कोरोनाको महामारीका बेला संकटमा परेको कपिलवस्तु अस्पतालमा सहयोग जुटदै गएको छ । यसैक्रममा पत्रकार महासंघ कपिलवस्तुको पहलमा कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई तिन लाख रुपैया प्रदान गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा उपचारको समस्या देखिएपछी बुद्धभुमी नगरपालिकाले अस्पताललाई सो रकम सहयोग गरेका हो ।
तिन लाख बराबरको चेक नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य मार्फत अस्पताललाई हस्तान्तरण थिए । कोरोना संक्रमितको संख्या बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि सो रकम प्रदान गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामीका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको उनले बताए ।
यसै क्रममा आज बुद्धभुमी नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । बैठकले कोभिडका कारण मृत्यु भएका विपन्न परिवारका लागी वडाको सिफारिस र रिपोर्टका आधारमा काजक्रिया गर्न बिस हजार सहयोग गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले बढ्दो बिपत अवस्थालाई मध्यनगर गरी सामाजिक क्षेत्र तर्फका तालिम गोष्टी ,सेमिनार लगायतका कार्यक्रम स्थगत गर्ने र कक्षा आठ का बिद्यार्थीलाई त्रैमासिक र अर्धबार्षिक परिक्षामा माध्यमबाट आन्तरिक मुल्यांकन गरी स्तरोउन्नती गर्ने एवम् बैंक तथा बित्तिय संस्थाहरु जेठ १० गते सम्म बन्द गर्ने निर्णय गरेको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताएका छन् ।
साथै बैठकले आइसोलेशनलाई थप व्यवस्थित गर्ने मौजुदा अक्सिजन सिलिण्डर २५ वटा पुर्याउने ३ थान कन्सन्टे«ेटरका लाग उद्योगी व्यवसायी, गैससलाई आग्रह गर्ने र आइसोलशन व्यवस्थापन र सहजीकरणका लागी नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य प्रमुख सहितको सिघ्र कार्य समुह बनाउने निर्णय गरेको पौडेलले बताएका छन् ।

