
पाल्पा ।
१३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रवार तिनाउँ गाउँपालिका अन्र्तगतका ४४ बर्षीय पुर्णचन्द्र बस्नेत र सोही ठाउँकै ४३ बर्षीय चन्द्र बहादुर बिकलाई पक्राउ गरेको छ ।
आरोपित द्धयले पिडित बालिकालाई बैशाख २६ गते बलात्कार गरेको भन्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा बैशाख ३० गते उजुरी दर्ता गराएका थिए । पिडित पक्षको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।