ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोटरी मिडटाउनद्वारा ६० हजारको पि.पि.ई. सहयोग – लुम्बिनी दर्पण

लुम्बिनी दर्पण २०७८ जेष्ठ १, शनिबार २१:३६

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले तीन वटा संस्थालाई पि.पि.ई. सेट आज एक कार्यक्रमका बीच प्रदान गरेको छ ।

मिडटाउनले कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा २३ थान उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पि.पि.ई.) सेट बाणगंगा नगरपालिका, कपिलवस्तु सामुदायिक अस्पताल र कपिलवस्तु एमबुलेन्स चालक संघलाई प्रदान गरेको हो ।

 

६० हजार मूल्यका (पि.पि.ई.) ११ थान बाणगंगा नगरपालिकालाई, ६ थान कपिलवस्तु सामुदायिक अस्पताललाई, ६ थान कपिलवस्तु एम्बुलेन्स चालक संघलाई पि.पि.ई. हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरस (कोभिड १९ ) को उच्च जोखिम मोलेर फ्रन्ट लाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै रोटरी मिडटाउनले पि.पि.ई. सेट प्रदान गरेको कार्यक्रमका संयोजक एवम् मिड टाउनका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मंगल प्रसाद थारुले बाणगंगा नगरमा विभिन्न सामाजिक कार्यमा रोटरी मिडटाउनको भूमिका प्रंसशनीय रहेको बताउनुभयो । मेयर थारुले विश्व नै अभूतपूर्व संकटबाट गुज्री रहेको र हामी कहाँ पनि स्वास्थ्य समस्या र अक्सिजनको समस्या रहेको बताउँदै अक्सिजनको समस्या समाधान गर्न आफूले अक्सीजन प्लान्ट निर्माणका लागि कार्यपालिका बैठकमा प्रमुख एजेन्डा बनाउने बताउनुभयो ।

थारुले सुखी र खुसी नगरबासी आफूहरुको चाहना भएको बताउँदै आफूहरु त्यसैअनुरुप लागि परेको बताउनुभयो । विशिष्ट अतिथि एवम् वडा नंं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई सहयोग गरेकोमा सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै बाणगंगामा अक्सीजनको अभाव हुन नदिन एकद्वार प्रणाली लागू गर्न आफूहरु लागि परेको बताउनुभयो ।

क्षेत्रीले अक्सीजन प्लान्ट निर्माणको लागि कार्यपालिकाको निर्णयसँगै आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गरे हरेक चिज सम्भव हुने बताउँदै कपिलवस्तु सामुदायिक अस्पताल सफल भएको र अहिले जिल्लामै नमुना अस्पतालको रुपमा विकास भएको बताउनुभयो । कार्यक्रममा कपिलवस्तु संचार सहकारी संस्था लि.का अध्यक्ष एमव् सामाजिक व्यक्तित्व विष्णु प्रसाद न्यौपानेले अक्सिजन प्लान्ट बाणगंगा नगरमा अत्यावश्यक भएको बताउँदै प्लान्ट निर्माणमा रोटरी मिडटाउनले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनले अक्सिनजन प्लान्ट निर्माणका लागि सामुदायिक अस्पतालले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै बाणगंगा नगरपालिका र नगरका संघसंस्थाहरुले अक्सिजन प्लान्ट निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

रोटरी मिडटाउनका इनकमिङ्ग प्रिसडेन्ट माधव भाट क्षेत्रीले रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था भएको सामाजिक र मानवीय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको र विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था भएकाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कपिलवस्तुमा रोटरीले कार्य गर्ने बताउनुभयो ।

कार्यक्रमका संचालक एवम् रोटरी मिडटाउनका पूर्व अध्यक्ष बासुदेव घिमिरेले स्वास्थ्य क्षेत्रको महत्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण लगायतमा रोटरीले कार्य गरेको बताउँदै समृद्ध बाणगंगा नगर रोटरीको चाहना भएको बताउनुभयो ।

रोटरी मिडटाउका अध्यक्ष नरेश पौडेले मानवीय र सामाजिक सेवा क्षेत्रमा रोटरी क्लब अग्रणी रही दिगो विकासको लागि सम्बन्धित सबै पक्षसँग समन्वय, सहकार्य र सहयोगमा सेवाका हात बढाउँदै अघि बढेको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक अस्पताल विकास समितिका महासचिव पोम नारायण पौडेल, डाक्टर नविन तिरुवा, अस्पतालका प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेल, सुष्मा खाँण, गोविन्द आचार्य, मिन बहादुर थापा, पत्रकार कृष्ण प्रसाद पौडेल, अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ जेष्ठ १, शनिबार २१:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech