लुदस,कोपवा
कपिलवस्तुको बाणगंगा ६ का युवा व्यवसायी कृष्ण गैरेले कोरोना महामारीमा नागरिकको जिनव रक्षाका लागि आफुसंग रहेको अक्सिजन नगरलाई हस्तान्तरण गरेका छन् ।
ग्रिल उद्योगमा प्रयोग गर्दै आएको २ वटा अक्सिजनमध्ये एउटा यस अगाडी नै उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेलाई प्रदान गरेको र अर्को गाउँ छिमेकमै संक्रमितमा प्रयोग भएको हुदाँ संक्रमितलाई निको भएपश्चात ग्यास भरेर आज वडा नं. ६ का वडाध्यक्ष सुकदेव थारु मार्फत नगरमा रहेको आईसुलेसनलाई प्रदान गरेको बताए ।
गैरे एक सेवा अनेका प्रोपराईटर गैरे व्यवसायका साथै सामाजिक क्षेत्रमा समेत कृयाशिल व्याक्तित्व हुन् । उनले यस अगाडीको महामारीमा समेत क्वारेन्टाईन निर्माण र खाद्य क्षेत्रमा निकै ठुलो योगदान गरेका थिए । महामारीमा अक्सिजन अभाव भैरहेको बेला सवैले मानविय सेवाका क्षेत्रमा काम गर्नुपर्ने उनले बताए । वडा अध्यक्ष थारुले गैरेले सामाजिक क्षेत्रमा पुर्याएको सहयोगको प्रशंशा समेत गरेका थिए । उनि कपिलवस्तु उद्योग वाणिज्य संघ, नेपाल किसान ट्याक्टर समितिका सदस्य समेत हुन् ।




















